दोस्रो भ्वाइस अफ नेपालको उपाधी राम लिम्बूलाई

0

२१ मंसिर । हिमालय टेलिभिजनबाट प्रसारित रियालिटी–सो ‘दी भ्वाइस अफ नेपाल’ सिजन टु को उपाधि राम लिम्बूले जित्नु भएको छ । अन्य तीन प्रतिस्पर्धीलाई पछाडि पार्दै लिम्बूले उपाधी हात पार्नुभएको हो । प्रमोद खरेलको टिममा रहनुभएका लिम्बू विजेता भएसँगै १२ लाख नगद, डाटसन रेडी गो कार र १५ लाख बराबरको भिडियो एल्बम सम्झौता र विश्व सांगीतिक यात्राको अवसर प्राप्त गर्नुभएको छ । फाइनलमा राजु लामाको टिमबाट सनिश श्रेष्ठ, आस्था राउतको टिमबाट आरिफ राउफ र दीप श्रेष्ठको टिमबाट विकास लिम्बू प्रतिस्पर्धामा रहनुभएको थियो । झापानिवासी लिम्बूले उपाधी हात पारेसँगै सिजन टु सकिएको छ ।

Share.

Leave A Reply