अपडेटः चितवनको राप्ती ४ मा अटो दुर्घटनाका ५ मध्ये ४ मृतकको सनाखत

0

डोलराज रानाभाट, २२ मंसिर । चितवनको राप्ती नगरपालिका ४ चेपाङ मार्ग स्थित भित्री सडक खण्डमा अटो रिक्सा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । चेपाङ मार्ग बाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो तीव्र गतिका कारण आँफै अनियन्त्रित भई पल्टिदा ५ जनाको मृत्यु भएको हो । सोही अटोमा सवार चालक सहित ६ जना गम्भीर घाईतेमध्ये उपचारको क्रममा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी एक नारायाण कोइरालाले जानकारी दिनुभयो । मृत्यु हुनेहरुमा पर्बत जिल्ला कुस्मा नगरपालिका पिपलटारी बस्ने बर्ष ३५ का श्याम प्रसाद तिवारी, चितवन जिल्ला खैरेनी ९ वस्ने वर्ष ४२ का विश्वमनी भण्डारी, राप्ती नगरपालिका ९ वस्ने वर्ष २५ की मिना खड्का, राप्ती नगरपालिका ९ रसौली वस्ने वर्ष ३० की माया तामाङको मृत्यु भएको हो । अर्का एक मृतक महिलाको नाम ठेगाना खुल्न सकेको छैन । त्यस्तै खैरेनी ३ वस्ने वर्ष २६ का मनिराम गिरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार जारी रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply