गैंडाकोटमा दुई वटा वडा स्वास्थ्य चौकीको शिलन्यास

0


गैँडाकोट, २१ मंसिर । गैँडाकोटमा शनिबार दुई वटा वडा स्वास्थ्य चौकीको भवन निर्माणका लागि शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका वाड नं. ६ र ७ मा आज छुट्टा छुट्ै स्थानमा वडा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ ।
गैँडाकोट ७ मा शितलबाटीका रहेको करिब एक कठ्ठा क्षेत्रफलमा करिब ३३ लाख लागतको बजेटमा भवन निर्माण हुने वडा सदस्य इश्वरी चापागाईंले जानकारी दिनुभयो । वडा बासीको सुविधाका लागि स्वास्थ्य चौकी निर्माण हुुन लागेको वडा अध्यक्ष चोलानाथ उपाध्यायले बताउनुभयो ।
गैँडाकोट ६ मा भाग्योदय चोकमा वडा स्वास्थ्य चौकीका लागि आजै शिलन्यास भएको छ । करिब २ कठ्ठाको क्षेत्रफल रहेको स्थानमा स्वास्थ्य चौकी निर्माण हुन लागेको वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार करिब ३३ लाखको सरकारी बजेटमा वडा स्वास्थ्य चौकी बन्न लागेको हो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल, गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल, जनप्रतिनिधि, स्थानीयहरुको उपस्थितिमा वडा कार्यालय भवनको शिलन्यास सम्पन्न भएको हो ।

Share.

Leave A Reply