बृहत डिपिआर बनाउँदै नारायणी सामुदायिक वन, आज मात्रै दुइ वटा भवनको उप प्रमुख कंडेलद्धारा शिलान्यास

0


डोलराज रानाभाट, गैडाकोट, २१ मंसिर । पर्यटक भित्राउन गैडाकोटमा रहेको नारायणी सामुदायिक वनले वृहत डिपिआर बनाउने भएको छ । वनको वडानम्वर ९ मा रहेको जग्गामा वृहत डिपिआर निर्माण गरी पर्यटक आकर्षित गर्ने विभिन्न स्थलहरु निर्माण गर्ने अध्यक्ष दिनानाथ त्रिपाठीले जानकारी दिनुभयो ।

आज मात्रै वनको दुइ वटा भवनको कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाकी उप प्रमुख विष्णु कुमारी कँडेल सापकोटाले शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै कँडेलले नारायणी वनले निर्माण गर्ने भवनले नगरको समृद्धिमा सहयोग गर्ने र आन्तरिक पर्यटक आगामनसँगै उपभोक्ताहरुलाई सहज सेवा दिन सहयोग पुग्ने बताउउनुभयो । साथै भवन निर्माणको लागि सफलताको शुभकामना समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दिनानाथ त्रिपाठीले वन र उपभोक्ता नङ र मासुको जस्तै सम्वन्ध रहेको र सेवा थप सहज तरिकाले प्रवाह गर्न भवन निर्माण गरिने बताउनुभाये ।

वन समूहले गैंडाकोट वडा नम्बर ७ मा बन पैदावर बिक्रि कार्यालय र वडा नम्बर ९ मा वन तथा बाताबरण मैत्री कार्यलयको भवन शिलान्यास गरिएको हो । वडानम्वर ९ मा निर्माण हुने बन तथा बातावरण मैत्री भवनसँगै चिडियाखाना, भ्युटावर, वाल उद्यान, व्यस्थित पिकनिक स्पोट, पानीका फोहोराहरु, झरना जस्ता २४ देखि २५ वटा त्यस्ता आकर्ष ठाउँहरुको निर्माण गर्ने गरी अघि बढेको वनका उपाध्यक्ष बेद प्रसाद चालिसेले जानकारी दिनुभयो ।

भवनको शिलन्यास अहिले भएपनि त्यहाँ रहेको वन पैदावरको विक्रि पश्चात ठाउँ खाली हुनेवित्तिकै भवन निर्माणको कार्य सुरु गरिने र वडानम्व्र ९ मा बन्ने भवनमा वन संरक्षका तालिम देखि सभा सेमिनार गर्न मिल्नेगरि भवन निर्माण गरिने बताउनुभयो ।

नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनानाथ त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक बन महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, गैँडाकोट ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, नन्दन सामुदायिक वनका अध्यक्ष धनश्याम कंडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाकी सचिव उमा पाण्डेले सहजीकरण गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष वेदप्रसाद चालिसेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply