सुगम नगरको दुर्गम वडा गैडाकोट १८ मा निशुल्क स्वास्थ्य शिविर, पाठेघर समस्या नलुकाउन उप मेयर कंडेलको आग्रह

0

डोलराज रानाभाट, दमार, मंसिर २१ । सहज स्वास्थ्य सेवा पाउन नसकेका गैडाकोट १८ का स्थानीयलाई सेवा दिन आज निशुल्क स्वास्थ्य शिविर गरिएको छ । गैडाकोट नगरपालिकाको दुर्गम वडा गैडाकोट १८ मा नेपाल स्वास्थ्य व्यवासयी संघ गैडाकोट नगर इकाई र गैडाकोट नगरपालिका वडानम्वर १८ को संयुक्त आयोजनामा भएको शिविरको प्रमुख अतिथि गैडाकोट नगरपालिकाकी उप मेयर विष्णु कुमारी कडेँल सापकाटोले व्यानर पढी उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सम्वोधन गर्दै उपप्रमुख कँडेलले नगरपालिकाले जनतालाई निरन्रत स्वास्थ्य सेवा दिनका लागि गर्नुपर्ने काम स्वास्थ्य व्यवसायीहरुले आयोजना गर्नुभएकोमा धन्यावाद दिँदै शिक्षा, स्वास्थ्य , खानेपानी सडक लगायतको क्षेत्रमा पछि परेको वडाका वासिन्दालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफू सदैव लागि परेको बताउनुभयो । रतनपुर स्वास्थ्य चौकीको सुधारका लागि आफूहरुकै पहलका कारण वर्थिङ सेन्टको निर्माण कार्यले अन्तिम रुप लिएको र छिट्टै दरवन्दी सहित सहज स्वास्थ्य उपलब्ध गराउने गरी काम गर्ने बताउनुभयो ।साथै शिविरमा आफूलाई परेको समस्या नलजाइकन राख्न र पाठेघरको समस्या भए तत्काल उपचार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कुमारी रेखा पौडेलले वर्थिङ सेन्टर स्थापना सँगै अव ल्याव र सामुदायिक स्वास्थ्य भवन निर्माणको कुरा आफूले नगरपालिकामा उठाउने बताउनुभयो । भौगोलिक विकटताका कारण रतनपुरमा आई स्वास्थ्य सेवा लिन नसक्नु भएका स्थानीयले सामुदायिक भवनबाट सेवा पाउने गरी काम हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल स्वास्थ्य व्यवासयी संघ गैडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरले आफूहरु नाफा भन्दा मानविय पक्षलाई ध्यानमा राखी गत वर्ष पनि निशुल्क स्वास्थ्य शिविर गरेको र यसपटकका पनि नगरबाट टाढा रहेको यस विकट क्षेत्रका जनताले निशुल्क स्वास्थ्य सेवा पाउन भनी शिविर गरेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्त्व्य राख्दै नेपाल स्वास्थ्य व्यवासयी संघ गैडाकोट नगर इकाइका का कोषाध्यक्ष हरिदत्त सुवेदीले स्वास्थ्य सेवाबाट वन्चित हुनुभएकाहरुले लाभ लिने बताउनुभयो ।

वडाअध्यक्ष तिल वहादुर चितौरेले वडामा स्वास्थ्य सेवा पाउन कठीन रहेको र आफ्नो आग्रहमा स्वास्थ्य व्यवसायी संघले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरले महिला दिदिवहिनीहरुले विशेष लाभा लिने बताउनुभयो । ११८ जनाले स्वास्थ्य लाभ लिएको शिविरमा फिजीशियन डा. अमित श्रेष्ठ, गाईनो डा. जनक लामिछाने र शुभ बानियाले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिवीरमा पाठेघर स्वास्थ्य समस्याका ३ महिलालाई भरतपुर रिफर गरिएको जनाईको छ ।

नेपाल स्वास्थ्य व्यवसायी संघ गैडाकोट नगर इकाइका अध्यक्ष इश्वरी प्रसाद घिमिरेको सभाध्यक्षमा भएको कार्यक्रममा नगरकार्यपालिका सदस्य भिम बहादुर कुमाल, वडा सचिव बेदनाथ दाहल,वडा सदस्यहरु चमबहादुर सुनारी, शान्तीमाया दर्जी विजय एफएम १०१.६ का सहायक स्टेशनम्यानेजर प्रेम क्षेत्री लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । औपचारिककार्यक्रमको सहजीकरण नेपाल स्वास्थ्य व्यवसायी संघका सचिव खुमनाथ शर्माले गर्नुभएकोथियो ।

Share.

Leave A Reply