‘ओली राष्ट्रवादी नेता होइन’ काँग्रेस सभापति देउवा

0

डोलराज रानाभाट, २० मंसिर । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले केपी शर्मा ओली राष्ट्रवादी नेता नभएको बताउनुभयो । नेपाली भूमि कालापानी र लिपुलेक भारत सरकारले आफ्नो नक्सामा समावेश गरी सार्वजनिक गर्दा सम्म भूमि फिर्ताका लागि निष्कृय जस्तै देखिनुले पनि ओली राष्ट्रवादी नेता नभएको बताउनुभएको हो । नेपाल प्रेस युनियन नवलप्ुर शाखाले स्थापना गरेको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार बितरण समारोहलाई आज कावासोतीमा सम्बोधन गर्दै काग्रेंस सभापति तथा पुर्ब प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।

यथेष्ट प्रमाण हुँदाहुँदै र विपक्षि दल सहितको सर्वदलीय बैठकमा प्रमाणको आधारमा तत्काल कुटनीतिक पहल गरेर अघि बढ्न भनेको यतिका दिन हुँदापनि केही गर्दै नगरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर लम्पसार वादमा परिणत भइसकेको भन्दै भारतीय राजदूतले समेत नेपाली भूमि हो भनी स्वीकार गर्दा समेत सरकारले केही नगर्नुले कतै ओलीकै सल्लाहमा नक्सामा राखेको त होइन भन्ने शंका गर्ने ठाउँ रहेको उहाँले बताउनुभयो । काग्रेंस सभापति देउवाले बर्तमान् सरकारले मुलुकमा कम्युनिष्ट शासन लगाउन उद्दत भएको भन्दै त्यसको प्रमाण मिडिया काउन्सील विद्येयक र मानवअधिकार आयोगको विद्येयकमा राखिएका प्रवाधानहरु भएको बताउनुभयो । सरकारविरुद्ध लेखे पत्रकारलाई कारवाही गर्नेगरी विद्येयक ल्याएको भन्दै प्रेस स्वतन्त्रता माथि अहिलेको सरकारले  हमला गरेको बताउनुभयो ।

प्रेस माथि हमला गर्नु भनेको लोकन्तत्रमा हमला गर्नु भएको भन्दै यसको विरोधमा नेपाली काँग्रेस सक्रिय भएर लड्ने बताउनुभयो । सो समारोहमा सभापति देउवाले बरिष्ठ पत्रकार तथा गोरखापत्र दैनिकका पुर्ब कार्यृकारी अध्यक्ष तथा पुर्ब प्रधान सम्पादक किशोर नेपाललाई यस बर्षको सुर्यभक्त पतनादेबी स्मृति राष्टिय पत्रकारिता पुरुस्कार २०७६ बाट रु २५,१२५।नगद सहित दोसल्ला र ताम्रपत्र द्धारा सम्मान गर्नुभएको थियो ।

नेपाल प्रेस युनियनका शाखा अध्यक्ष बीरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे ,प्रदिप पौडेल,र देबेन्द्रराज कण्डेल,नेपाली काग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली,प्रदेश सांसदहरु ीबष्णु लामिछाने,संबिधानसभा सदस्य महेन्द्रध्वज जीसी,प्रदेश सांसद ओमकला गौतम,नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल,नेता तथा सुर्यभक्त पतनादेबी का संरक्षक मदनभक्त अधिकारी,गंगाधर पराजुली,जितनारायण श्रेष्ठ,अब्दुल रज्जाक,पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाट,प्रेस युनियन नवलपुरका उप सभापति श्रीधर उपाध्याय लगायतका बक्ताहरुले प्रजातनत्रका सेनानी स्व.सुर्यभक्त अधिकारीले खेल्नुभएको भुमिका को उच्च मुल्याकंन हुनु पर्नेमा जोड दिनुभएको थियो ।

Share.

Leave A Reply