गैंडाकोटमा महिला स्वास्थ्य स्वंय सेविका दिवसको अवसरमा स्वास्थ्य सम्बन्धि हाजीर जवाफ प््रतियोगिता

0

माया कंडेल, १९ मंसिर ।गैंडाकोट नगरपालिकामा १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वंय सेविका दिवसको अवसरमा स्वास्थ्य सम्बन्धि हाजीर जवाफ प््रतियोगिता गरिएको छ जसमा ३ नम्बर समुहको पार्वती भण्डारी र २ नम्बर समुहको पार्वती काप्रीको समुह प्रथम भएको छ , ४ नम्बर समुहको पविना महतोको समुह द्धितिय, १ नम्बर समुहको मनकुमारी सापकोटाको समुह तेस्रो भएको छ । प्रथम समुहलाई ४ हजार द्धितियलाई ३ हजार तृतियदाई २ हजार नगद पुरुकार दिईएको थियो ।


कार्यक्रममा प्रमुख अतिथी गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल रहनुभएको थियो उहाँले स्वास्थ्य क्षेत्र संबेदशिल क्षेत्र रहेको बताउदै यसमा महिला स्वास्थ्य स्वंय सेविकाले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख विष्णुकुमारी कंडेलले महिला स्वास्थ्य स्वंय सेविकाले स्वास्थ्य क्षेत्रमा पुर्याएको भुमिकाको प्रसंसा गनुृभयो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष्ाँ नवराज कंडेल , वडा नम्बर २ का वडाध्यक्ष धुब्र पौडेल , गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारी , गैंडाकोट ४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपाने, नगर स्वास्थ्य प्रमुख ईन्द्रराज शर्मा लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण पितौजी हेल्थपोष्टका ईन्जार्च यम बहादुर क्षेत्रीले गर्नुभएको थियो भने नगर महिला स्वास्थ्य स्वंय सेविका संजालकी अध्यक्ष पार्वती भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Share.

Leave A Reply