सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण भोलि, कांग्रेस सभापति देउवा कावासोती आउने

0

नवलपुर, १९ मङ्सिर । नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार भोलि वितरण गरिने भएको छ । प्रजातन्त्र सेनानी एवं नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उहाँकि धर्मपत्नी स्व. पतना देवि अधिकारीको स्मृतिमा पन्ध्र वर्ष अगाडी उहाँहरुका सुपुत्र एवं काङ्ग्रेस नवलपुरका महासमिति सदस्य मदनभक्त अधिकारीले पुरस्कारको स्थापना गर्नुभएको हो । बरिष्ठ पत्रकारहरु कुलचन्द्र वाग्ले, सूर्यबहादुर प्रधान, धर्मेन्द झा, कुन्दन दिक्षीत, किरण पोखरेल, तारानाथ दाहाल, रामजी दाहाल, बसन्त उपाध्य, पोषण केसी हरिबहादुर थापा तथा जिल्लाका दर्जन भन्दा बढी पत्रकारलाई वितरण गरिएको यस वर्षको पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले जानकारी दिनुभयो । सचिव एवं प्रवक्ता आशिष रेग्मीका अनुसार रु २५,०००/- रुपैया नगद, ताम्रपत्र र दोसल्ला सहित नेपाललाई पुरस्कृत गरिने भएको हो । उक्त कार्यक्रमका लागि नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा कावासोती आउने बताइएको छ । प्रमुख अतिथिको रुपमा उहाँनै रहने र कार्यक्रम मध्यान्न १२ बजे हुने बताइएको छ ।

Share.

Leave A Reply