चितवनको कृषि क्याम्पस नजिक दुई मोटरसाइकल ठोक्कीए, एक जनाको मृत्यु

0

डोलराज रानाभाट, १९ मंसिर । आज साँझ ५ बजेर ४५ मिनेट जाँदा भरतपुर १५ कृषि क्याम्पस नजिक दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । भरतपुरबाट रामपुर तर्फ आउदै गरेको ना ४० प ७३१३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जांदै गरेको लु ४ प ६६५० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा एकको मृत्यु र एकजना घाइते भएका हुन् । ना ४० प ७३१३ चालक भरतपुर २५ बस्ने बर्ष ३६ का रामचन्द्र रेग्मी उपचारको क्रममा मृत्यु भएको छ भने लु४प ६६५० का चालक भरतपुर म.न.पा.२० बस्ने बर्ष २४÷२५ का मान बहादुर मसराङ्गी मगरको गम्भीर अवस्थामा उपचार जारी छ । उहाँको चितवन मेडिकल कलेज भरतपुरमा उपचार जारी रहेको हो ।

Share.

Leave A Reply