नवलपुरको हुप्सेकोट ५ पाँग्रेमा मोटरसाइकल भीरमा खस्दा श्रेष्ठको मृत्यु, मोटरसाइकल भीरमै

0

डोलराज रानाभाट,१९, मंसिर । नवलपुरको बुलिङ्टार गाउँपालिका ५ भारतीपुरबाट दलदले आउँदै गरेको मोटरसाइकल भीरमा खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ना २८ प २२६० नम्वरको मोटरसाइकल हुप्सेकोट गाउँपालिका ५ को पाँग्रे भीरबाट खस्दा मोटरसाइकलको पछाडी सवार भारतीपुरका ५५ वर्षिय बुद्धिमान श्रेष्ठको मृत्यु भएको हो । बाटो बनाइरहेको ठाउँ साँघुरो भएको र त्यही अनियन्त्रीत भई भीरमा खसेको नवलपुर प्रहरीले जानकारी दिएको छ । मोटसाइकल सडकबाट झण्डै १०० मिटर तल भिरमा अड्कीएको छ । मोटरसाइकल चालक भारतीपुरकै ५२ वर्षीय राम्जी श्रेष्ठको गम्भीर अवस्थामा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार जारी रहेको छ । भीरमा रहेको मोटरसाइकल अझै निकाल्न नसकिएको र घटनास्थलमै रहेको प्रहरीले जानकारी दिएको छ ।

Share.

Leave A Reply