बोलीमा होइन व्यवहारमा अपाङ्ग मैत्री बन्न आग्रह

0

पवित्रा पराजुली, १७ मंसिर । अपाङ्गता परिचय पत्र समन्वय समितीका सदस्य लक्ष्मी अधिकारीको कविता आफैमा मर्मस्पर्सी थियो किनकी उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने समाजको दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको भाव झल्किएको थियो । २८ औं अन्तराष्ट्रिय अपाङगता दिवशको अबसरमा गैंडाकोट नगरपालिकामा आयोजित कार्यक्रममा अधिकारीले अपाङगता भएको व्यक्तिलाई गरिने व्यवहार र स्थानीय सरकार आएपछिको आफुहरुको अवस्था बारे कबिता बाट नै आफ्ना भनाईहरु व्यक्त गनुभएको थियो ।
२०६२÷६३ को जनआन्दोलनमा आफनो दृष्टि गुमाउनु भएका नेत्रहिन समाजका जिल्ला सदस्य एदुनाथ सिग्देलले आखाँ नदेख्ने व्यक्तिलाई गरिने व्यवहार अझै नकरात्मक नै रहेको बताउनुभयो । उहाँले अपा∙ता भएको व्यक्ति सा∙ व्यक्तिभन्दा कुनै पनि हिसाबले कमजोर नहुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै अपाङ संघका नगर अध्यक्ष कृष्ण सुवेदीले स्थानीय तहले पनि अपाङगता भएक व्यक्तिलाई पछि पारेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्ष समेत रहनुभएकी अपाङ्गता परिचय पत्र समन्वय समितीका संयोजक एवं गैडाकोट नगरपालीकाकी उप प्रमुख बिष्णुकुमारी कंडेलले अपाङगता रहर नभई वाध्यता रहेको बताउनुभयो । उहाँले अपांग्ता भएका व्यक्तिले पनि अवसर पाए सपांगले सरह गर्न सक्ने बताउनुभयो । कंडेलले नगरपालीकाले पनि अपांगता भएकाहरुलाई परिचय पत्र बितरण गरेको बताउदै पुरै डाटा भने नगरमा अझै नआई पुगोको बताउनुुभयो। कस्तो प्रकृतिको अंपाग हो भन्ने आधारमा नगरपालीकाले सो ही अनुरुप सेवा सुविदा प्रदान गदै आएको र आगामी दिनमा पनि गर्ने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी गैडाकोट नगरपालीकाका प्रमुख प्रशासखिय अधिकृत रामप्रसाद आार्यले अपांगता भएका व्यक्तिको क्षमता अभिबृद्धिका लागी नगरपालीकाले तर्फ बाट पुरा सहयोग गर्ने बताउनुभये ।
दिगो बिकास लक्ष अपाङगता मैत्रीक भबिष्य भन्ने नाराका साथ गैडाकोट नगरपालीका आयोजनामा भएको यस कार्यक्रममा गैडाकोट नगरपालीका भित्र रहेका अपाङ बिद्यार्थी र उद्यमी अपाङ व्यक्तिलाई सम्मान गरिएके थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, संघसस्थाका व्यक्तिहरु लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रममा उपस्थित अपांगता भएका व्यक्तिहरु आफुहरुलाई दया नभई अबसरको खाचो रहेको बताएका थिए ।

Share.

Leave A Reply