बागलुङमा भएको जिप दुर्घटनामा नवलपरासीका कार्कीको निधन, १० जनाको सनाखत

0

गैडाकोट, १७ मंसिर । बागलुङको बडीगाड गाउँपालिका ७ भिमगिठे नजिकै भएको जिप दुर्घटनामा नवलपरासी बर्दघाट नगरपालिका २ की भूमा कार्कीको निधन भएको छ । उहाँ सहित मृत्यु हुनेहरुमा गुल्मी इश्मा गाउँपालिका ४ का बसुन्धरा कार्की, सिता कार्की, माया थापा, भवी कार्की, भूमा कार्की, धनबहादुर कार्की, मिना बस्नेत,गुल्मी इश्मा गाउँपालिका ५ का रेशम थापा र बडीगाड ७ की नरमाया खत्री रहनुभएको छ । ४ जनाको सनाखत हुन वाँकी छ । धेरै कुल पुजाका लागि यात्रा गरेको प्रहरीले जानकारी दिएको छ । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गरेको जिप आज विहान मध्यपहाडी लोकमार्गको भिमगिठे नजिकैको भीरबाट बडीगाड खोलामा खसेको हो । जिपमा १८ जना सवार थिए । उद्धार गरिएकामध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते हुनेहरुमा नवलपरासी बर्दघाट २ का १८ वर्षीय जीवन कार्की, इश्माका ८ वर्षीय हिमाल कार्की र २४ वर्षीय रेशमा कार्की छन् । बडीगाड खोलाले बगाएर १५ वर्षका धनबहादुर कार्की बेपत्ता भएको प्रहरीले बताएको छ ।

Share.

Leave A Reply