आशाको ज्योती, भुजेल गाउँमा विद्यालय

0


माया कंडेल
गैंडाकोट । गैंडाकोट ३ भुजेल गाउँकी अञ्जली भुजेल ९ बर्षकी हुनुभयो । यो भनेको विद्यालय जाने उमेर हो । तर उहाँ अहिले जङ्गलमा गएर बाख्रा चराएर दिनचर्या बिताउने गर्नुहुन्छ । विद्यालय नजिक नभएपछि उहाँ विद्यालय जान सक्नुभएको छैन । अभिभावकले पनि टाढाको विद्यालय पठाउन सकेका छैनन् । अञ्जलीलाई भने गाउँमा बनेको स्कुलमा पढ्ने रहर छ । कक्षा सञ्चालन नभएपनि गाउँमा स्कुल बनेसंगै उहाको मुहारमा खुशी छाएको छ ।
शिक्षा वालवालिकाको नैसर्गीक अधिकार हो, उनिहरुले पढ्न पाउनुुपर्छ यो मौलीक हक भनेर संबिधानमा पनि उल्लेख गरिएको छ तर गैंडाकोट ३ कै हिरा भुजेललाई विद्यालयमा कस्तो हुन्छ, विद्यालयमा कसरी पढछन भन्ने नै थाहा छैन । हिरा भुजेलले अहिलेसम्म विद्यालयमा पाईला टेक्नुभएको छैन । ९ बर्षिया हिरालाई गाउँमा नै बनेको विद्यालयमा गएर पढ्न पाउछु भन्ने उत्साह जागेको छ ।
भुजेल गाउँबाट ढोडेनीको श्रीकृष्ण गण्डकी माध्यामिक विद्यालयमा कक्षा २ मा पढन जाने निर्मला भुजेल पनि गाउँमा नै विद्यालय बनेपछि खुशी हुनुहुन्छ । ढोडेनीको स्कुल जान टाढा हुने र पढन जानै गाहे हुने भएकाले नजिकको विद्यालय सहज हुने निर्मलाको विश्वास छ ।
भुजेल गाउँमा अहिले ४ कोठाको पक्की भवन र शौचालय निर्माण भएको छ । त्यहि नजिकै गएर सुविस्ताले पढन पाउने आशा गैँडाकोट ३ भूजेल गाउँका वालवालिकाको छ । भुजेल गाउँकै रोशन भुजेल पनि स्कुल टाढा भएकाले पढन जान गाहे हुने गरेको दुखेसो गर्नुहुन्छ ।
वालवालिका मात्र हैन अभिभावक पनि त्यत्तिकै खुशी छन । दिनभरि माटो, धुलोमा खेलेर बस्ने आफ्ना सन्तान त्यहि स्कुलमा गएर पढन पाउलान भन्ने आशा अभिभावकमा छ । बच्चा पढन पाउनु नै ठु्लो खुशीको कुरा रहेको अभिभावक जमुना भुजेलको भनाई छ ।
भुजेल गाउँकी सरीमाया भुजेलका दुई सन्तान छन । उहाँले अब छोराछोरीले सजिलै पढन पाउँछन भन्ने आशा पलाएको छ । अब जान नसक्ने साना वालवालिका पनि पढन पाउने भएभन्दै खुसी व्यक्त गर्नुभएको छ ।
आफ्ना सन्तान पढने उमेरमा घरमै खेल्दा कसलाई चिन्ता लाग्दैन र बच्चाको सुनौलो भविष्य बनोस् भन्ने चाहना भुजेल गाउँका अभिभावकको पनि छ । अहिले विद्यालय भवन बनेर हस्तान्तरण हुँुदा पनि गाउँमा खुशीयाली छाएको छ । अभिभावकहरुमा उत्साह छाएको छ तीन कक्षा सम्मको मात्रै पढाई भएपनि राम्रो हुने अभिभावक सोमीमाया भुजेल बताउनुहुन्छ ।
गाउँमा विद्यालय भवन बनेर हस्तान्तरण हँुदा नै यहाका स्थानीय र वालवालिकामा खुशी छाएको छ । विद्यालय भवन बने पनि यसले अझै कक्षा सञ्चालनका लागि अनुमति पाएको छैन । गैंडाकोट नगरको शिक्षा ऐन, नीति र कार्यविधी नबन्दा पनि अनुमती सञ्चालन लगायतका विषय रोकिएका छन् । तर गैंडाकोटका कुनैपनि बालबालिका शिक्षाबाट वञ्चित हुनुहुदैंन र हुन नदिन शिक्षा शाखा प्रतिवद्ध छ । शिक्षा शाखा प्रमुख बालकृष्ण चापागाईले बालबालिकालाई विद्यालयसम्म पुग्ने सहज वातावरण बनाउने बताउनुभएको छ । भुजेल गाउँका विद्यालयले अनुमति पाउने र आफनै गाउँको विद्यालयमा पढन पाउने भूजेल गाउँका बालबालिकाको आशा जागेको छ ।

Share.

Leave A Reply