पुन मतदातासँग गएर भेटेपछि आगामी योजना बनाउँछु ः विद्या भट्टराई

0

डोलराज रानाभाट, १६ मंसिर । कास्की क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपाबाट उम्मेदवार भई निर्वाचित हुनुभएकी विद्या भट्टराइले अव पुन मतदातासँग भेट गरेर आगामी योजना बनाउने बताउनुभएको छ । निर्वाचित पछि विजय एफएमसँग कुराकानी गर्दै उहाँले अव मतदातासँग भेटेर उहाँहरुको समस्या र चाहाना के छ त्यसलाई टिपोट गरी सोही अनुसारका योजना वनाएर आफू अघि बढ्ने बताउनुभयो । उहाँले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभयो । ८ हजार ४ सय ३ मतान्तरले विजयी भट्टराइले छिट्टै मतदातासँग पुन भेट गरेर आगमी योजना बनाउने बताउनुभयो । आफूले स्वर्गीय श्रीमान् रविन्द्र अधिकारीको सपनालाई साकार पार्दै कास्की साथै देशको विकासका लागि निरन्तर लागिपर्ने बताउनुभयो । उहाँले विपक्षी खेमराज पौडेलप्रतिपनि आभार व्यक्त गर्नुभएको छ । आगामी दिनहरुमा विपक्षीलाई पनि साथमा लिएर काम गर्ने बताउनुभयो ।

सुन्ुनुहोस थप कुराकानी

निर्वाचित विद्या भट्टराइसँग कुराकानी

निर्वाचित विद्या भट्टराइसँग कुराकानीभारि मतान्तरले कास्की क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराइको आगामी योजना के छ ?

Posted by Vijaya FM on Sunday, 1 December 2019

Share.

Leave A Reply