बाग्लुङ २ प्रदेशसभा ख मा जनमोर्चाका शाही निर्वाचित

0

१६ मंसिर । बाग्लुङ २ प्रदेशसभा ख को उपनिर्वाचनमा वाम गठबन्धनका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । नेकपाको समर्थनमा शाही राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार रहनुभएको थियो । उहाँले ११ हजार २ सय ३५ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गर्नुभएको थियो । शेरचन काँग्रेसका एकल उम्मेदवार हो । ३५ हजार १ सय ८४ मतदातामध्ये शनिवार भएको निर्वाचनमा २१ हजार ४ सयले मात्र मतदान गरेको थिए । अघिल्लो निर्वाचनमा टेक बहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उहाँले त्यतिवेला पनि काँग्रेसका शेरचननै पराजित भएका थिए । उहाँको ८ हजार ७ सय २४ मत प्राप्त गर्नुभएको थियो ।

Share.

Leave A Reply