डाँडाझेरी महोत्सवमा चर्चित गायिका ज्योति मगरको दमदार प्रस्तुती, महोत्सवको भोलि समापन गरिने

0

डोलराज रानाभाट, गैडाकोट, १५ मंसिर । नवलपुरको डाँडाझेरी स्थिती भाङवारीमा जारी प्रथम डाडाझेरी महोत्स्वमा आज चर्चित गायिका ज्योति मगरको दमदार प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।

आज चौथो दिन पनि हजारौँ दर्शकले महोत्सवको अवलोकन गर्दै ज्योति मगरको गितमा नाचेर मनोरन्जन लिएको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष अमृत भट्टचनको प्रमुख आतिथ्यतामा सम्प्न्न आजको कार्यक्रमको अध्यक्षता बुलिङटार गाउँपालिका वडानम्वर २ का अध्यष प्रेम वहादुर थापाको रहेको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ गैडाकोटका महासचिव छवि कडेँल, प्रकाश सापकोटा, शालिकराम सापकोटा, लगायतले महोत्सवमा बोल्दै कृषि र पर्यटन विकासका लागि आयोजित मोत्सवले आफ्नो उद्देश्य हासिलमा सफल होस भन्दै शुभकामना दिनुभएको थियो । भोलि चर्चित गायिका प्रिती आले , उमा खनालको प्रस्तुती सँगै महोत्सवको समापन गरिने आयोजक संस्था डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष दुर्गा बहादुर मसाराङ्गी मगरले जानकारी दिनुभयो ।

Share.

Leave A Reply