कास्की २ मा विद्या भट्टराई निर्वाचित, प्रतिद्वन्द्वी पौडेलले दिए बधाई

0

१५ मंसिर । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित हुनुभएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट उम्मेदवार बन्नुभएकी उहाँले २४ हजार ३ सय ९४ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभयो । यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत मात्रै ल्याउनुभएको छ । यसैविच प्रतिद्वन्द्वी खेमराज पौडेलले विजयी भट्टराइलाइ सफलताको शुभकामना दिनुभएको छ । नतिजा प्रकाशित भएसँगै उहाँले जनताको चाहानाअनुसार काम गर्न सुझाव दिनुभयो ।

Share.

Leave A Reply