डाँडाझेरी महोत्सवको आज चौथो दिन, ज्योति मगरको प्रस्तुती रहने

0

डोलराज रानाभाट, १५ मंसिर । कृषि र पर्यटन विकासका लागि मंसिर १२ गतेदेखि जारी प्रथम डाँडाझेरी महोत्सवको आज चौथो दिन चिर्चित गायिका ज्योति मगरको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक संयोजक यम आले मगरले जानकारी दिनुभयो ।

हिजो तेस्रो दिन दर्शकको उर्लदो भेलले आयोजकलाई थप हौसला मिलेको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो । हिजो शनिवार विदाको दिन पनि परेको र चर्चित लोक दोहोरी गायक राजु परियार र गायिका जानकी तारमी मगरको प्रस्तुतीमा दर्शक रमाउँदै नाचेका थिए ।

उहाँहरुसँग स्थानीय कलाकारहरुको नृत्य पनि रहेको थियो भने स्थानीयक कलाकारहरुको गितमा पनि दर्शक झुमेका थिए ।


नवलपुरको डाँडाझेरी स्थित कालीगण्डकी नदी किनारमा भइरहेको महोत्सवको हिजोको प्रमुख अतिथि बुलिङ्टार गाउँपालिकाका अध्यक्ष शसिकिरण वस्ताकोटी रहनुभएको थियो ।

आयोजक संस्था डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष एवम महोत्सव मूल आयोजक समितिका संयोजक दुर्गा वहादुर मसराङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष एवम कार्यक्रम संयोजक उत्तम वकावलले स्वागत मन्तव्य र सचिव चिरन गंरजा मगरले सहजीकरण गर्नुभएको थियो । महोत्सवमा कृषि, रेष्टुरेन्ट, कपडा, आयुर्वेद सहित ३० वटा स्टल रहेको र टिकटको ५० रुपैया तोकिएको स्टल संयोजक शालिकराम रानाभाटले जानकारी दिनुभयो ।

Share.

Leave A Reply