१३ औँ सागको समुद्घाटन आज, भव्य तयारी ,तयारी बारेको कुराकानी सुन्नुहोस्

0

१५ मंसिर । आज १३ औँ दक्षिण एसियाली खेलकुदको समुद्घाटन गरिदैछ । तयारी भव्य बनाइएको छ भने दशरथ रंगशालामा विभिन्न डिजाइनमा ‘लाइट’ परीक्षण सकिएको छ । साँझ ४ बजेदेखि उद्घाटनको कार्यक्रम सुरु हुने नेपाल ओलम्पीक कमिटिका उपाध्यक्ष चतुरानन्द राज वैद्यले जानकारी दिनुभयो ।

नेपालले सन् २०१६ मा यो प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो। नेपालले जिम्मेवारी पाएको दुई वर्ष्भित्र यो प्रतियोगिता आयोजना गर्नुपथ्र्यो। तर, अपर्याप्त भौतिक पूर्वाधारका कारण पटकपटक प्रतियोगिता स्थगित हुँदै आएको भने अहिले भव्य रुपमा कार्यक्रम हुने उहाँको भनाई छ ।

यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन्। यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेको थियो। यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरेको छ।

यद्यपि अन्तिम समयमा आएर अफगानिस्तानले केही खेलमा भाग लिने प्रस्ताव गरेको थियो। तर, अफगानिस्तानको उक्त प्रस्ताव अस्वीकार भयो।

आज १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको समुद्घाटन गरिदैछ । उद्घाटनको व्यवस्थापन कसरी गरिदैछ अनि कुनकुन प्रतियोगिताहरु हुँदैछन् । कुराकानी गर्दै नेपाल ओलम्पिक कमीटीका उपाध्यक्ष चतुर्नान्द राज वैद्य ।

Posted by Vijaya FM on Saturday, 30 November 2019

Share.

Leave A Reply