उपनिर्वाचन २०७६ ः नवलपुरको वौदीकालीमा नेकपा उम्मेदवार विजयी, चितवनको ३ वटै वडामा काँग्रेसका उम्मेदवारको जीत, देशभर कहाँ को को निर्वाचित भए ?

0

१५ मंसिर ।

नवलपुर वौदीकाली ५

मंसिर १४ हिजो सम्पन्न उप निर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । यसैविच नवलपुुरको वौदीकाली वडानम्वर ५ को वडाअध्यक्ष पदमा भएको निर्वाचनमा नेकपाका उम्मेदवार खिमबहादुर खरुमगर निर्वाचित हुनुभएको छ । उहाँले ३६७ मत ल्याउँदा प्रतिस्पर्धी काङ्ग्रेसका तुलबहादुर रानाले २११ मत प्राप्त गर्नुभयो । समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत प्राप्त गर्नुभयो । कुल ८५३ मतदाता रहेकोमा ६१५ मत खसेकोमा १० मत बदर भएको छ ।

चितवन भरतपुर १६

चितवनको भरतपुर महानगरपालिका–१६ मा काङ्ग्रेसका उमेदवार अमृतराज हमाल निर्वाचित हुनुभएको छ । काँग्रेसका अमृतराज हमालले ३ सय ८ मतअन्तरका साथ बाजी मार्नुभएको हो । अमृतले ३ हजार १ सय ८३ मत प्राप्त गर्दा उहाका निकटतम प्रतिद्वन्दी नेकपाका भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नुभयो । गत निर्वाचनमा सो वडामा तत्कालिन नेकपा एमालेका उम्मेद्वार चतुर्मान गुरुङ विजयी हुनुभएको थियो ।

खैरहनी ४

चितवनको खैरहनी नगरपालिका–४ नम्बर वडाको वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा पनि काङ्ग्रेसकै उमेदवार देवबहादुर बस्नेत विजयी हुनुभयो । उहाँले १ हजार १३८ मत ल्याएर नेकपाका बेदबहादुर अधिकारी (९८६) लाई पराजित गर्नुभयो ।

खैरहनी ५

नेपाली काँग्रेसकी उम्मेद्धार प्रतिमा कार्कीले नेकपाका उम्मेद्वार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नुभयो । कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गर्नुभएको थियो ।
३७ जिल्लामा कूल ५२ स्थानका लागि भएको उपनिर्वाचनको पछिल्लो परिणाम अनुसार १७ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वा्चित भएको छ ।

कांग्रेसले बैतडीको सुनर्या गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मत बढीले विजयी हुनुभयो । उहाँले २१९ मत ल्याएउनुभयो । बाराको गढिमाई नगरपालिका–२ मा पनि काङ्ग्रेस निर्वा्चित भएको छ । त्यहाँ नेपाली काङ्ग्रेसका उमेदवार ४२९ मत ल्याउँदा नेकपाका उमेदवारले ३०२ मत प्राप्त गर्नुभयोे । अर्घाखाँची मालारानी गाउँपालिका–३ मा काङ्ग्रेसका उमेदार शोभाखर खनाल १ हजार १५९ मत सहित विजयी हुनुभयो । नेकपाका उमेदवारले १ हजार ५३ मत पाउनुभयो ।

नेकपा
लम्जुङ सुन्दरबजार नगरपालिका २ मा नेकपाका उमेदवार नवीन श्रेष्ठ ९९३ मत ल्याई विजयी हुनुभयो । प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार प्रकाश सेढाइँले ४८२ मत ल्याउनुभयो ।
बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वा्चित हुँदा प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गर्नुभयो ।
बाँकेको कोहलपुर नगरपालिका– ५ मा नेकपाका रामशरण थारूे १५२ मत ल्याएर साविक विजेता काङ्ग्रेसलाई पराजित गर्नुभयो । कांग्रेसका श्रीकृष्ण थारुले १३४ मत ल्याउनुभयो ।

सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे ४६७ मतले विजयी हुनुभयो भने काङ्ग्रेसका उमेदवार विक्रम गुरूङलाई उहाँले पराजित गर्नुभएको हो ।
भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई ६१९ मत ल्याउदा विजयी हुनुभयो भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत प्राप्त गर्नुभयो ।
काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी ६१८ मत सहित विजयी हुदा कांग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ मत ल्याउनुभयो ।

धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपाका देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरी विजयी हुनुभयो भने काङ्ग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा (संयुत्त)का उमेदवार बासु थापा ले ६ मत प्राप्त गर्नुभयो । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका राले तामाङले ४३१ मत प्राप्त गर्नुभयो । अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वा्चित भएको थियो ।

खोटाङको साकेला गाउँपालिका–३ मा पनि नेकपाकी उमेदवार शिवकला राई विजयी हुनुभयो । डोटीको आदर्श गाउँपालिका–२ मा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वा्चित हुनुभयो । त्यस्तै रुरु गाउँपालिका– २ गुल्मीमा पनि नेकपाका गिरिप्रसाद सिञ्जाली ८०२ मत ल्याएर निर्वा्चित हुनुभयो प्रतिस्पर्धी काङ्ग्रेसका वेदप्रसाद दर्लामीले ७२७ मत ल्याउनुभयो । डोटीको आदर्श गाउँपालिकामा नेकपाका उमेदवार रामबहादुर बोहोरा निर्वा्चित हुनुभयो । उहाले काङ्ग्रेसका महादेव साउदलाई पराजित गर्नुभयो । साउदले ६५६ मत प्राप्त गर्नुभयो

त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी ७९२ मत ल्याएर विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी काङ्ग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याउनुभयो ।
पुनर्वास नगरपालिका–३ मा पनि सत्तारूढ नेकपा नै विजयी भएको छ । खानेपानीमन्त्री बिना मगरको वडासमेत रहेको पुनर्वास–३ मा ९२४ मत खसेकामध्ये ५२८ मत ल्याएर कृष्णबहादुर तामाङ निर्वा्चित हुँदा काङ्ग्रेसका दीपबहादुर तामाङले ३९० मत प्राप्त गर्नुभयो ।

विद्रोही उपनाम पाएको थवाङमा १५४ मत प्राप्त गरी नेकपाका जनकबहादुर बुढामगर निर्वा्चित हुँदा प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका कमलबहादुर रोकामगरले २६ मत प्राप्त गर्नुभयो । यद्यपि त्यहाँका ८६ प्रतिशत मतदाताले मतदान नै गरेनन् ।

समाजवादी

समाजवादीले सर्लाहीको हरिपुर्वा नगरपालिका–१ वडामा जित हात पारेको छ । हरिपुर्वामा समाजवादी पार्टीका श्यामबाबुले रायले ३४७ मत ल्याएर विजयी हुदा प्रतिस्पर्धी राजपाका रामविश्वास रायले ३२८ मत, नेकपाका उमेदवार दोस मोहम्द अन्सारीले पनि उत्तिकै ३२८ मत ल्याउनुभयो । चौथो भएको जनमत पार्टीले ५२ र पाँचौं कांग्रेस पार्टीले २३ मत ल्याएको छ ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका रूपलालकुमार यादवले १ हजार ३१ मत प्राप्त गर्दा प्रतिस्पर्धी काङ्ग्रेसका असेशरप्रसाद यादवले ८११ मत, नेकपाका उदयशङ्करप्रसाद रौनियारले २३२ मत ल्याउनुभयो ।

राष्ट्रिय जनता पार्टी

राष्ट्रिय जनता पार्टीले महोत्तरीको मटिहानी नगरपालिका–६ मा जितेको छ । मटिहानी–६ मा राजपाका उमेदवार रामबाबु नायके ३०१ मत ल्याइ विजयी हुनुभयो । प्रतिद्वन्द्वी नेकपाका मोहम्मद जाकिर अन्सारीले २७१ मत ल्याउँदा काङ्ग्रेसले दोहोरो अङ्क कटाउन सकेन । जम्मा २४ मत ल्यायो । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षको उपनिर्वाचनमा राजपा निर्वा्चित भएको छ । राजपाकी प्रमिलादेवी यादवले ५४० मत ल्याएर नेकपाका उमेदवार अच्छेलाल यादवलाई पराजित गर्नुभयो । अच्छेलालले ५२९ मत ल्याउनुभयो । कांग्रेसले त्यहाँ दोहोरो अङ्क कटाउन सकेन । काङ्ग्रेसका उमेदवार शिवनारायण मण्डलले १५ मत ल्याउनुभयो ।

Share.

Leave A Reply