नवलपुरको भाङवारीमा जारी महोत्सवको आज दोश्रो दिन दर्शकको उल्लेख्य सहभागिता, डाडाझेरीमा होमस्टे सञ्चालन गर्न सुझाव, भोलि राजु परियारको बेजोड प्रस्तुति रहने

0

हिमा अर्याल, गैडाकोट, १३ मंसिर । नवलपुरको डाँडाझेरी स्थित भाङवारीमा जारी महोत्सवको आज दोश्रो दिन दर्शकको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । दोश्रो दिनको महोत्सवमा आज चर्चित गायिक सम्झना लामिछाने मगर र दिपक खड्काको बेजोड प्रस्तुति सगं दर्शक झुमेका थिए । भोलि चर्चित लोकदोहोरी गायक राजु परियार, जानकी तारमी मगरको बेजोड प्रस्तुति रहने महोत्सव मूल समारोह समितिका अध्यक्ष दुर्गा मसराङ्गी मगरले जानकारी दिनु भयो । दोस्रो दिनको महोत्सवको प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गदै प्रमुख अतिथी जिल्ला समन्वय समति नवलपुरका प्रमुख आलेले डाडाझेरीमा होमस्टेको प्रसस्त सम्भावना रहेको भन्दै घरवास कार्यक्रम सञ्चालन गर्न सुझाव दिनु भयो । डाँडाझेरीमा मगरजातीको बाक्लो बस्ती रहेको बताउदै आलेले मगरसँग सम्वन्धित खानाका परिकार, सांस्कृतीक प्रस्तुती ले गर्दापनि घरवासको पर्याप्त सम्भावना रहेको बताउनुभयो ।

तर घरवास पर्यटन प्रवद्र्धनको मुख्य प्रवेशद्धारा नभएको भन्दै आलेले पहिला पर्यटकीय ठाउँहरुको पहिचान र प्रचारप्रसार गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । आफू समन्वय समितको नेतृत्वमा रहदा नवलपुरका १० पर्यटकीय गन्तव्य मध्ये घुमाउरी घाट, देवचुली डाँडालाइ सूचिकृत गर्न सफल भएको भन्दै त्यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । त्यो संगै डाँडाझेरीमा रहेको झेरी खण्डे दरवार, अकला देवीको मन्दिर, तातोचिसो पानी, राजा, दिदीवहिनी ढुगा लगायतको संरक्षणसँगै प्रचारप्रसार गर्न उहाँको आग्रह छ । अहिलेको प्रथम डाँडाझेरी महोत्सवले पनि त्यसमा टेवा पुगेको बताउँदै महोत्सव पश्चातपनि अहिलेकै सक्रियता देखाउन सुझाव दिनुभयो । त्यसमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै मगर जातीको वाहूल्यता भएको ठाउँ डाडाँझेरीमा मगर जातीको पहिचान र संस्कृती जोगाउन सवै लाग्नुपर्ने बताउनुभयो । जिल्लामा ९ प्रतिशतले मात्रै मगर भाषा बोल्ने भन्दै नयाँ पीढिहरुले आफ्नो भाषालाई भुल्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । गाउँ को विकास का लागि यो पार्टी त्यो पार्टी नभनी एक जुट हुन आग्रह गर्नुभयो । बुलिङटारा गाँउपालिका वडानम्वर २ का वडाध्यक्ष प्रेम बहादुर थापाको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रमको सञ्चालन चिरन गरम्जा मगरले गर्नु भएको थियो भने सागितिक कार्यक्रमको सञ्चालन यम आले मगरले गर्नु भएको थियो ।

आयोजक संस्था डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष दुर्गा वहादुर मसाराङ्गी मगरले मंसिर १६ गते सम्म संचालन हुने प्रथम डाँडाझेरी महोत्सवमा कौरा, नृत्य, राजारानी ढुँगाको अवलोकन, जलदेवी मन्दीरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको सुपथ मुल्यमा खरिद विक्रि गर्न सकिने बताउनुभयो । महोत्सवका ३० वटा स्टल बुकिङ भएको प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले जानकारी दिनुभयो । महोत्सव प्रवेशका लागि ५० रुपैया टिकट दर तोकिएको छ भने विद्यार्थी ज्यष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि २५ रुपैया कायम गरिएको छ । महोत्सवको मुख्य प्रायोजकमा बुलिङटार गाउँपालिका, सह आयोजकमा बुलिङटार गाउँपालिका वडानम्वर २ रहेका छन् । त्यस्तै सह प्रायेजकमा राना मेडिकल हल दमौली, जिल्ला उद्योग वाणिज्य संघ गैडाकोट, फो नाइन्टी नाईन रेष्टुरेन्ट, श्याम गाहा मगर र पूर्ण वहादुर मसराङ्गि मगर रहनुभएको छ । महोत्सवको अफिसियल मिडिया बिजय एफएम, बिजय खवर साप्ताहिक र हुलाकी पत्र रहेका छन् ।

Share.

Leave A Reply