किन हटाइयो ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली’ अभियानबाट ! सुन्नुहोस् डा भण्डारीको यस्तो खुलासा

0

डोलराज रानाभाट, १३ मंसिर । भ्रष्टचारविरुद्धको अभियानमा सक्रिय नेपालका लागि नेपाली अभियानबाट चर्चित अभियान्ता ज्ञानेन्द्र शाहीलाई हटाइएको छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको अभियन्ता डा सुरेन्द्र भण्डारीले बिजय एफएमलाई जानकारी दिनुभयो । डा. भण्डारीका अनुसार अभियानको सिद्धान्त नमिलेका कारण शाही आफैले वाहिरन चाहेका कारण जिम्मेवारीबाट मुक्त गरिएको बताउनुभयो । हामीले राजसंस्था जोगाउन अघि बढेका थियौँ तर उहाँले गणतन्त्रको पक्षमा जोड दिएपछि अभियानबाट हटाएको बताउनुभयो । ज्ञानेन्द्र शाही हटाएपछि तपाईहरु अरु कसैसँग विक्नुभयो की भन्ने प्रश्नमा डा भण्डारीले त्यो गलत भएको बताउनुभयो । शाहीले पुर्याउनुभएको योगदानको सम्मान गर्दै हामीले अभियानको सांगठनीक विस्तारलाई तीव्र पारिएको बताउनुभयो ।

सुन्नुहोस् थप कुराकानी

नेपालका लागि नेपाली अभियानले चर्चित अभियान्ता ज्ञानेन्द्र शाहीलाई हटाएको छ । एक विज्ञप्ती जारी गर्दै चर्चित अभियान्ता ज्ञानेन्द्र शाही अभियानमा नरहने जनाएको हो । खासमा किन हटाइयो अभियानबाट ज्ञानेन्द्र शाहीलाई कुराकानी गर्दै नेपालका लागि नेपाली अभियानका मुख्य अभियान्ता डा सुरेन्द्र भण्डारी ।

Posted by Vijaya FM on Thursday, 28 November 2019

 

Share.

Leave A Reply