अर्घाखाँचीको नरपानीमा बस दुर्घटना , १८ जनाको मृत्यु

0

११ मंसिर । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । जसमा ११ जना पुरुष र ७ जना महिला रहेका छन् भने अन्य विवरण आउन वाँकी छ । उपचारको क्रम जारी रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब चार सय मिटर तल खसेको र दुर्घटनामा परी घाईतेहरुको उपचार जारी रहेको छ । 

Share.

Leave A Reply