डाँडाझेरी महोत्सव भोलिदेखि, कृषि र पर्यटनलाई प्रवद्र्धन गरिने, तयारी अन्तिम चरणमा

0

डोलराज रानाभाट,गैडाकोट, ११ मंसिर । स्थानीय कृषि उत्पादनको बजारीकरण र पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि आयोजना गरिएको प्रथम डाँडाझेरी महोत्सव भोलि मंसिर १२ गते देखि सुरु हुदैछ ।

नवलपुरको डाँडाझेरी स्थित भाङवारीमा हुने महोत्सवको प्रतिनिधि सभा सदस्य डा. शसाङ्क कोइरालाले उद्घघाटन गर्नुहुने आयोजक संस्था डाँडाझेरी गैडाकोट विकास समाजका अध्यक्ष दुर्गा वहादुर मसराङ्गी मगरले जानकारी दिनुभयो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउँदै नेपाल सरकारको कार्यक्रम भिजीट नेपाल ट्वान्टी ट्वान्टीलाई समेत यसले सहयोग पुर्याउने बताउनुभयो । ३० वटा स्टल रहने महोत्सवका १० वटा स्टल कृषि उत्पादनको प्रदर्शनीका लागि छुट्याइएको प्रचारप्रसार समितिका संयोजक मनप्रसाद भाटले जानकारी दिनुभयो ।

महोत्सवमा कालीगण्डकी नदीमा र्याफ्टीङ,वाल उद्यान, राजारानी ढुँगाको अवलोकन, जलदेवी मन्दीरको दर्शनका साथै स्थानीय उत्पादन सुन्तला, केरा, अदुवा, अम्रिसो आदिको सुपथ मुल्यमा खरिद विक्रि गर्न सकिने सचिवालय संयोजक चिरन गंरजा मगरले जानकारी दिनुभयो । मंसिर १६ गतेसम्म (पाँच दिनसम्म) संचालन हुने महोत्सवको २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने प्रवेश शुल्क ५० रुपैया कामय रहेको छ भने विद्यार्थी ज्यष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि २५ रुपैया तोकिएको छ । स्टल वुकिङ्ग खुल्ला भइसकेको र महोत्सवको अवलोकन गर्न जाने दर्शकहरुलाई वस्न र खानाका लागि स्थानीय गाउँमै व्यवस्थापन मिलाइएको प्रचारप्रसार समितिका संयोजक मन प्रसाद भाटले जानकारी दिनुभयो ।

महोत्सव स्थल भाङवारी पुग्न गैडाकोटबाट कालिगण्डकी करिडोरको ४२ किलोमिटर र दलदलेबाट ४० किलोमिटरको मोटरसाइकल, स्कुटर लगायतका सवारी यात्रापछि पुग्न सकिन्छ । महोत्सवमा राष्ट्रिय चर्चित कलाकार राजु परियार, ज्योति मगर, सम्झना लामिछाने मगर, जानकी तारमी मगर, यम आले, दिपक खड्का, उमादेवी खनाल सहित स्थानीय कलाकाहरुको विशेष प्रस्तुती रहने सांस्कृतिक संयोजक याम आले मगरले जानकारी दिनुभयो । नाफा मुलक नभई त्यहाँ भएका पर्यटकीय स्थान र कृषी उत्पादनको प्रचारप्रसारका लागि महोत्सव गरिएको र महोत्सवको अवलोकन गरिदिन आयोजकले सवैमा आग्रह गरेको छ । महोत्सवको मुख्य प्रायोजकमा बुलिङटार गाउँपालिका, सह आयोजकमा बुलिङटार गाउँपालिका वडानम्वर २ रहेका छन् । त्यस्तै सह प्रायेजकमा राना मेडिकल हल दमौली, जिल्ला उद्योग वाणिज्य संघ गैडाकोट, फो नाइन्टी नाईन रेष्टुरेन्ट, श्याम गाहा मगर र पूर्ण वहादुर मसराङ्गि मगर रहनुभएको छ । महोत्सवको अफिसियल मिडिया बिजय एफएम, बिजय खवर साप्ताहिक र हुलाकी पत्र रहेका छन् ।

Share.

Leave A Reply