सिँचाइको अभावमा उत्पादन कम, केराखेती निल्नु न ओकल्नु

0

हाम्रो गाउँ ः हाम्रो आवाज

माया कंडेल
गैंडाकोट । गैंडाकोट १८ का दमार, आहालेमा चारैतिर हरियाली केराघारीको मनोरम दृश्य देख्न सकिन्छ तर किसानको मन भने केराघारीजस्तै हरियाली र खुसियाली छैन । कारण हो, सम्भावनाभन्दा समस्याको चाङ ठुलो हुनु ।

३ बिगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका कृषक चुमबहादुर चितौरे मगरले गैंडाकोट १८ मा केराखेतीको सम्भावना प्रशस्त देख्नुभयो तर सिँचाइको अभावले केराखेतीगरे पनि सोचेजस्तो आम्दानी गर्न नसकिएको दुखेसो पोख्नुभयो । उहाँ भन्नुहुन्छ – “मैले गर्ने नै यही केराखेती हो तर सोचेजस्तो आम्दानी छैन, सिँचाइको अभावले केराखेती फस्टाउन सकेन, अहिले यो खेती निल्नु न ओकल्नुजस्तै भएको छ।”
गैंडाकोट नगरपालिकाले कृषिमा नगरलाई आत्मनिर्भर बनाउने भनेर विभिन्न योजना र कार्यक्रम पनि ल्याएको छ तर वडा नम्बर १८ का कृषक भने वडा र नगरले केराखेतीका लागि आवश्यक पर्ने सिँचाइसम्मको व्यवस्था मिलाउन नसकेको बताउँदै आएका छन् । सिँचाइको प्रबन्ध गर्न आवश्यक बजेट विनियोजन नहँुदा केराखेती सङ्कटमा पर्दै गएको कृषक चुमबहादुर चितौरे मगरको भनाइ छ । उहाँले भन्नुभयो – “सम्भावना एकदम बढी छ, मुहान पनि छ तर बजेट नभएर चुक्नुपरेको हो ।”
करिब ८÷१० वर्ष पहिले गाडीको सुविधा नहुँदा पनि उहाँले १६÷१७ हजार कोसा उत्पादन र बिक्री गर्नुहुन्थ्यो । सिँचाइ र अन्य असुविधाका कारण केराखेती पनि कम गर्दै आएको उहाँ बताउनुहुन्छ ।
गैंडाकोट १८ लाई नगरपालिकाले केरा पकेट क्षेत्र घोषणागरेको छ। पहिलाभन्दा अहिले केही मात्रामा मल र बीउका लागि अनुदान भने पाएको कृषक लालसिंह सारु मगरको भनाइ छ । केही सुविधा पाएपनि त्यो पर्याप्त नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो – “मल र बीउ त पाइएको छ तर त्यो २÷३ बोरा मलले के गर्नु, त्यसले एक छेउ पनि हुँदैन ।”
कृषि उत्पादनकोवृद्धिका लागि उर्वरभूमि, बीउ, मल र सिँचाइ सबैको तारतम्य मिलाउन नसक्दा किसानले सोचेजति उत्पादन गर्न सकेका छैनन् । गैंडाकोट १८ मा कृषि भण्डारण केन्द्र नहुँदा पनि उत्पादित कृषि सामग्री समयमा नै बजारपु¥याउन नसक्दा कुहिएर खेर जाने समस्याछ । बाटो सहज छैन । त्यसैले गर्दा पनि उत्पादित फलपूmल समयमै बजारसम्म पु¥याउन नसकिएको स्थानीय बताउँछन् । कृषि भण्डारण केन्द्रको स्थापना गरेर आवश्यक प्रबन्ध मिलाइदिए मात्रैपनि ठूलो राहत मिल्ने देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक लीला थापा बताउनुहुन्छ ।स्रोत स्थापित गरेर कृषिलाई उस्कान आवश्यक रहेको उहाँको भनाइ छ ।

गैंडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरेले केराखेतीको सम्भावना भएपनि सिँचाइको प्रबन्ध गर्न नसकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “सिँचाइको प्रबन्धका लागि वडा सकारात्मक तर बजेटले समस्या छ ।” उहाँले वर्षायाममा खोलानालाको पानीले सिँचाइ गर्न सकिएपनि हिउँदमा खोला सुक्ने भएकाले लििटङ प्रविधिमार्फत सिँचाइको व्यवस्था गर्नुपर्ने बताउनुभयो । त्यसका लागि बजेट नहुँदा समस्या भएको उहाँको भनाइ छ । यससमस्याकोसमाधानका लागि उहाँले सक्दो पहल गर्ने बताउनुभयो ।
कृषि क्षेत्रको विकासलाई नगरकै विकासको आधार मानेर गैंडाकोट नगरपालिका अगाडि बढ्नुपर्ने स्थानीयको भनाइछ । कृषिमा नगरभित्र प्रशस्त सम्भावना रहेकाले यहाँका समस्या र चुनौतीलाई हटाउँदै अघि बढ्न सकेमा मात्र समृद्ध गैंडाकोट बन्ने स्थानीयको ठहर छ ।

Share.

Leave A Reply