गैंडाकोटमा छतबाट खसेर एक बालकको ज्यान गयो

0


मंसिर १०, गैंडाकोट । गैंडाकोट ५ मा छतबाट खसेर एक बालकको ज्यान गएको छ ।
गैंडाकोट ५ बैकुष्ठमार्गमा सोमबार साँझ छतबाट खस्दा ५ वर्षिय श्रेयन्स थापाको ज्यान गएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा दुई तलामाथी छतबाट खसेको परिवारजनलाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । बालकको उपचारको क्रममा चितवन स्थित अस्पतालमा ज्यान गएको जनाईएको छ ।

फाईल तस्बीर 

Share.

Leave A Reply