गरिमा धानको नक्कली बीउ, नवलपुरका ५ सय ७७ किसान पीडित

0

हिमा अर्याल, मंसिर २ ।
नवलपुरमा ६७. ३ हेक्टर क्षेत्रफलमा गरिमा धानमा बाला नलागेको पाइएको छ । कृषि ज्ञान केन्द्र तनहुले संकलन गरेको तथ्याकं अनुसार नवलपुरको ६ वटा पालिकाको गरि ६७.३ हेक्टर क्षेत्रफलका ५ सय ७७ किसान पीडित रहेका छन् ।
गैँडाकोट नगरपालिकामा ७. ३ हेक्टरका ३६ किसान, मध्यविन्दु नगरपालिकामा २ हेक्टरका ९ किसान, देवचुलि नगरपालिकामा ४९ हेक्टरका ४ सय किसान, कावासोती नगरपालिकामा १ हेक्टर क्षेत्रफलका ७४ किसान, हुप्सेकोट गाउपालिकाका ६.५ हेक्टरका २५ किसान, बुलिङटार गाँउपालिका को १.६ हेक्टरका ३३ किसान प्रभावित भएका कृषि ज्ञान केन्द्र तनहु, नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले जानकारी दिनु भयो ।
कावासोति नगरपालिकाको क्षतिको विवरण ढिला प्राप्त भएका कारण नवलपुर भरिका प्रभावित किसानको तथ्याकं सार्वजनिक गर्न ढिलाई भएको तिवारीले बताउनु भयो ।
कृषि ज्ञान केन्द्र तनहु, नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले पहिलो पटक केहि तथ्याकं सवै पालिकाबाट आएको तर यकिन तथ्याकं नगरप्रमुख र जनप्रतिनीधिको संलग्नतामा फेरि संकलन गरिएकोले केहि ढिला भएको जानकारी दिनु भयो ।
उता कावासोति नगरपालिकामा कृषि अधिकृत नभएका कारण साहायकको भरमा काम गर्नु पर्दा तथ्याकं संकलनमा ढिलाई भएको नगर प्रमुख चन्द्र कुमारी पुनले बताउनु भएको छ ।
अन्तिम तथ्याकं डिभिजन गुणस्तर नियन्त्रण कार्यालयमा पढाइसकेको तिवारीले बताउनु भयो । क्षतिपुर्ति पाउन भने किसानले केहिसमय कुर्नु पर्ने तिवारीले बताउनु भएको छ । प्रकृयागत रुपमा जादा प्रभावित सम्पुर्ण जिल्लाको क्षतिको विवरण आएपछि एकमुष्ट तथ्याकं गुणस्तर नियन्त्रण कार्यालय हुदै कृषि तथा पशुविकास कार्यालयमा पठाइने छ ।
पशुविकास कार्यालय हुदै मन्त्रालय पुगेपछि सरकारले कति क्ष्ाँति पुर्ती दिने र एग्रोभेटले कति बेहोर्ने भन्ने बारे अझै कृषि प्राविधिकको अध्ययन पछि टुगंो लाग्ने तिवारीको भनाई छ । मन्त्रालयमा पुगेपछि कति किसान प्रभावित छन् बीउ कति प्रयोग भएको छ, काहाँबाट विउ ल्याइएको हो यी सवै विषयमा कृषि प्राविधिकको अध्ययन पश्चात मात्र क्षति एग्रेभेटले दिने कि स्थानिय तहले दिने वा सरकारले दिने भन्ने ट्ंगो लाग्ने तिवारीले बताउनु भयो । नवलपुरको ८ ओटा पालिका मध्ये विनयी त्रिवेणी, बुंदीकाली गाँउपालिकाबाट भने किसानको गरिमा धान बारे कुनै समस्या नआएको केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply