गैडाकोटको थुम्सीमा अवस्थित विश्वकर्मा मुर्तिको हात चोरी, रंगरोगन सहित प्रचारप्रसार गर्न माग

0

डोलराज रानाभाट, गैडाकोट,९ मंसिर  । नवलपुरको गैडाकोट ९ थुम्सीमा रहेको विश्वकर्मा मन्दिरमा अवस्थित विश्वकर्मा वावाको मुर्तिको हात चोरी भएको छ । गैडाकोट २ का स्थानीय नारायण शर्माका अनुसार त्यहाँ पुजा गर्न गएको समय हात नभएको देखेपछि चोरी भएको हुन सक्ने भन्दै सामाजिक संजाल मार्फत सचेत गराउनुभएको छ ।

आफूले नयाँ साधन खरिद गरेको र पुजा गर्न दाउन्ने जाने योजना भइरहदा थुम्सीमै विश्वकर्मा मन्दिर रहेको जानकारी पाएपछि त्यहाँ पुजा गर्न गएको उहाँले बताउनुभयो । यही भएको मन्दिरको प्रचार प्रसारको अभाव र मन्दिरको सुरक्षामा चासो नदिँदा जिर्ण वन्दै गएको उहाँले बताउनुभयो । त्यहाँ रहेको मुर्तिको दायाँ हातनै नरहेको र मन्दीरपनि पुरानो देखिदा त्यसलाई रंगरोगन सहित प्रचारप्रसार गर्न सम्वन्धित सरोकारवाला निकायसँग आग्रह गर्नुभएको छ । त्यसको संरक्षण र प्रचारप्रसारमा आफ्नो सक्दो सहयोग रहने भन्दै तत्काल त्यसलाई संरक्षणसँगै व्यवस्थित गराउन उहाँले आग्रह गर्नुभयो । यता वडाअध्यक्ष प्रेम प्रसाद सापकोटाले मन्दीर निर्माण भएपनि संरक्षण नभएको स्वीकार गर्दै त्यसका लागि कुनै समिति पनि नवनेको बताउनुभयो ।

अहिले सडक विस्तारको क्रममा मन्दिर भत्काउनै पर्ने भएको र सडकल विभागसँग नयाँ मन्दिर निर्माणका लागी कुरा भइरहेको बताउनुभयो । मुर्तिको हात चोरी भएको जानकारी भने आफूलाई नभएको उहाँले बताउनुभयो । सवारी साधनहरुलाई पार्किङ गरेर पुजा गर्न मिल्ने गरी नयाँ ठाउँ हेरी अर्को ठाउँमा मन्दिर स्थापना गर्ने उहाँले बताउनुभयो । हनुमान मन्दिर संरक्षण समितिले त्यसमा सक्रियता देखाइदिए अझै सहज हुने भन्दै वडाअध्यक्ष सापकोटाले मन्दीर भत्काएपनि अर्को उपयुक्त ठाउँ हेरी नयाँ मन्दिर निर्माण गरिदिनुपर्ने गरी सडक विभागसँग छलफल भएको बताउनु भयो ।

Share.

Leave A Reply