८० लाख रुपैया संकलन सहित सकियो गैडाकोटको महायज्ञ

0

९ मंसिर । लक्ष्मी नारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूहले आयोजना गरेको श्रीमद्भागवत ज्ञान महायज्ञ हिजो सकिएको छ । गैँडाकोट ८ मन्दिरको प्राङगणमा मङ्सिर १ गते संचालन भएको महायज्ञ मंसिर ८ गते आईतबार सकिएको हो । वैदिक हिन्दु धर्म संरक्षण , मन्दिर परिसरको जग्गा विस्तार , सत्संग भवन निर्माण , मन्दिर निर्माण , हिन्दुको प्रतिक गाईको संरक्षण , वृद्धाश्रम निर्माण , समाजमा भएका विकृति र विसंगतिको अन्त्य तथा युवा युवतीको लागि योग शिविर संचालन गर्ने उद्धेश्य लिएर संचालन गरिएको महायज्ञमा करिब ८० लाख रकम संकलन भएको महोत्सव मुल आयोजक समितिका संयोजक घनश्याम कडेँलले जानकारी दिनुभयो । महायज्ञमा गैंडाकोट ८ निवासी महायज्ञका आर्थिक समितीका संयोजक समेत रहनु भएका विष्णु प्रसाद अधिकारीले सवै भन्दा वढी ३ लाख ११ हजार १ सय ११ रुपैंया दान गर्नु भएको आयोजकले जानकारी दिएको छ। साथै उहाँले ८१ हजार रुपैंया अक्षय कोषका लागी राख्नु भएको हो । पंडित दिपक सापकोटाको मुखारवृन्दबाट कथा वाचन भएको महायज्ञमा भक्तजन तथा दानदाताहरुको उल्लासमय उपस्थिति रहेको थियो । डा. गुरुप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष कडेँलले गर्नुभएको थियो ।

Share.

Leave A Reply