लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा बिजी

0

डोलराज रानाभाट, गैडाकोट,९ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बिजी निर्वाचित हुनुभएको छ । केन्द्रको पोखरामा सम्पन्न सातौं अधिबेशन द्वारा कडा प्रतिस्पर्धी बिष्णु खत्रीलाई हराउदै अध्यक्षमा बाजी मार्नुभएको हो ।

 


कुल १३४८ मतदाता रहेपनि ११३७ मत खसेको थियो । बिजीले ५८४ र खत्रीले ५४५ मत ल्याउनु भएको थियो । कडा प्रतिस्पर्धा भएको अधिवेशनले अरु केही महत्वपूर्ण पदमा भने सर्वसम्मत चयन गरेको थियो । बिजी शब्द लेखनमा माहिर हुनुहुन्छ भने खत्री गाउनमा । विजीले अव २ वर्ष यो संस्था हाक्नुहुनेछ ।

Share.

Leave A Reply