बागलुङको सिवाइसी वचत तथा ऋण सहकारी पाच वर्ष सम्म निरन्तर सम्मानीत

0

बागलुङ, मंसिर ७

आन्तरिक राजश्व कार्यालय बागलुङले साप्ताह व्यापी कार्यक्रम गरी कर दिवस मनाएको छ । विगत ८ वर्षदेखि हरेक वर्ष निरन्तर रुपमा मनाउदैँ आइएको कर दिवस यस बर्ष पनि अन्तरक्र्रिया, प्रशिक्षण एवं करदाता सम्मान गरि मनाइएको हो ।

सो अवसरमा बार्षिक रुपमा धेरै कर तिर्ने चार जिल्लाका व्यवसायी तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।

बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था ,मुस्ताङको अमित बिल्डर्स, म्याग्दीको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था, एवं पर्वतको जनसेवी लघुवित्त संस्थालाई सम्मान गरिएको हो । बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्था लगातर ५ वर्ष सम्म सम्मानीत हुदै आएको छ ।

यस्तै उत्कृष्ट कर्मचारीका रुपमा नायव सुब्बा सालिकराम सापकोटालाई पनि सम्मान गरिएको छ । दिवस समापन समारोहमा उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधिश मोहनबहादुर कार्कीले कर बिना राज्य सञ्चालन गर्न नसकिने भएकाले विकासका लागि यसको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।

उहाले कपिपय ठाउँमा मनपरी कर उठाउने प्रबृत्ति पनि बढ्दै गएकाले कानुन बनाएर कर संकलन गर्नुपर्ने बताउनुभयो । उहाले विभिन्न पेशा व्यवसाय गरी राज्यले कर तिर्ने करदाताहरुले पनि करको सदुपयोग तथा दुरुपयोग भएका बारेमा जानकारी लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कर कार्यालय बागलुङका प्रमुख कर अधिकृत हेमराज सुवेदीले गत बर्ष कार्यालयले लक्ष्य भन्दा बढी १ सय ३३ प्रतिशत कर संकलन गरेको बताउनुभयो । उहाले ५१ करोड ५० लाख रुपैँया संकलन गर्ने लक्ष्य राखिएकोमा ६८ करोड १८ लाख रुपैँया संकलन भएको भन्दै आगामी दिनमा पनि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै करदातालाई सचेतना प्रदान गर्ने बताउनुभयो । यस्तै व्यवसायिक प्यानमा दर्ता भएका १८ हजार ५ सय, व्यक्तिगत प्यानमा दर्ता भएका १५ हजार र भ्याटमा दर्ता भएका १ हजार ६ सय ८० करदाता रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधिश बासुदेव न्यौपाने, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ, उत्कृष्ट कर्मचारी सालिकराम सापकोटा, उत्कृष्ट करदाता पर्वतका कमलबहादुर खत्री, बागलुङका चण्डिप्रसाद शर्मा, म्याग्दीका लिला बहादुर बानिया लगायतले बोल्नुभएको थियो । नेपालमा २०५४ साल मंसिर १ देखि मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको हो ।

Share.

Leave A Reply