सबैको गर्जो टार्ने साथी ‘अमर’

0

पवित्रा पराजुली
मंसिर ७, गैंडाकोट । अमर बहुउद्देश्यीय सहकारी संस्था सबैको गर्जो टार्ने साथी बनेको छ । २०५४ सालदेखी बचत तथा ऋणको कारोबार गर्दै आएको संस्थाले समुदायको माग अनुसार विस्तार गर्दै लगेको छ । संस्थाले दुग्ध उत्पादक कृषकलाई ध्यानमा राखी विभिन्न शिर्षकमा ऋण लगानि गर्नुका साथै विशेषगरि व्यापारिक तथा कृषि लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । संस्थाका अध्यक्ष प्रजापति कंडेलले अमर सबैको गर्जो टार्ने साथी बनेको दाबी गर्दै कृषकलाई उचित दुधको मुल्य उपल्बध गराउँदै आएको बताउनुभयो ।
अध्यक्ष कंडेलले कृषकहरुलाई विशेष ध्यानमा राखेर शुलभ दरमा ऋण उपल्बध गराउँदै विभिन्न बिउबिजन, कृषी तालिम पनि दिँदै आएको बताउनुभयो । संस्थाले २५ करोड बराबरको बचत र ऋण लगानी गरेको उहाँले बताउनुभयो । अध्यक्ष कंडेलले नेपालमा रोजगार छैन भन्दै बिदेशिने युवालाई लक्षीत गरेर नेपालमै पनि केही गर्न सकिन्छ भन्ने वातावरण सिर्जना गर्नका लागि कृषिमा बढि जोड दिएको बताउनुभयो ।
अमर बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार मात्रै २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभामा प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्टार बद्रिनाथ अधिकारीले गण्डकी प्रदेशमा रहेका सहकारीहरु अन्य प्रदेशको तुलनामा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशले सहकारी ऐन निर्माण गरिसकेको बताउँदै अब सहकारी यिनै ऐनको परिधिभित्र रहेर सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले अमर बहुउद्देश्यीय सहकारी संस्थाले गरेका काम प्रशंसायोग्य रहेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तता दिन सुझाव दिनुभयो ।


कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७६÷ ०७७ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका सचिव श्यामसुन्दर लामिछानेले यसवर्ष संस्थाले ९८ लाख ८६ हजार ६ सय ५२ रुपैयाँ मुनाफा गरेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा दुग्ध व्यवसायलाई थप मजबुत एवम् उत्पादन बृद्धिसँगै दुग्धजन्य पदार्थ पनिर, घ्यु उत्पादन गरी बिक्री बितरण गरिने बताउनुभयो ।
त्यस्तै आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक प्रतिवेदन तथा आर्थिक २०७६÷०७७ का लागि प्रस्तावित आयव्यय विवरण प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष आनन्दकुमार शर्मा पंगालीले संस्थामा कुल शेयर पुँजी रु २ करोड ६९ लाख पुगेको जानकारी दिनुभयो । साथैँ उहाँले १७ करोड ८३ लाख ५७ हजार ६ सय २८ निक्षेप संकलन गर्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा संयोजक हरिभक्त कंडेलले प्रस्तुत गर्नुभएको थियो भने ऋण लगानी तथा असुली उपसमितीको प्रतिवेदन ऋण उपसमिती संयोजक युगेन्द्र कोइरालाले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष यामप्रसाद शर्माले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा ७० बर्ष काटेका वृद्धवृद्धा, उत्कृष्ट छात्रछात्रा, धेरै दुध बिक्री गर्ने कृषक र गुणस्तरिय दुध उत्पादन गर्ने कृषकलाई सम्मान गरिएको थियो ।
गैंडाकोट १५ लक्ष्मी माविको प्राङ्गणमा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोपाल श्रेष्ठ, वडाध्यक्षहरु कोकीसरा रानामगर, रामकुमार श्रेष्ठ, गोवद्र्धन ज्ञवाली लगायत विभिन्न सहकारीका प्रमुख एवम् प्रतिनिधी लगायतको उपस्तिथी रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव श्यामसुन्दर शर्मा लामिछानेले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष प्रजापति कंडेलको अध्यक्षतामा सम्पन्न भएकोे थियो । संस्थामा हाल ४ हजार २ सय ९५ सेयर सदस्य रहेको व्यवस्थापक देवेन्द्र खड्काले जानकारी दिनुभयो ।

Share.

Leave A Reply