गैंडाकोट ७ गैरीमा गैंडाकोट जेसिजको भवन शिलन्यास

0


प्रेम क्षेत्री
मंसिर ७, गैंडाकोट । गैंडाकोट जेसिजले गैंडाकोट ७ गैरीमा जेसिज भवनको शिलन्यास गरेको छ । समाजका हरेक व्यक्तिले प्रयोग गर्न सक्नेगरि अत्याधुनिक सुविधायुक्त सभाहल सहितको भवन शिलन्यास गरिएको गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालले जनकारी दिनुभयो । जेसिज सप्ताह अन्तर्गत जेसिज भवनको शिलन्यास गर्दै सप्ताहव्यापी कार्यक्रम समापन समेत गरेको उहाँले बताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट ७ का वडाअध्यक्ष चोलानाथ उपाध्यायले जेसिजले सामाजिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । जेसिजका केन्द्रीय उपाध्यक्ष अर्जुन अधिकारीले गैंडाकोट जेसिज नेपालकै अग्रणी स्थानमा रहेको जनाउँदै आगामी दिनमा अझै रचनात्मक कार्यमा सक्रियरुपमा लाग्न आग्रह गर्नुभयो ।
सो अवसरमा कार्यक्रममा जेसिज गैंडाकोटका संस्थापक अध्यक्ष वद्री सापकोटा, गैंडाकोट जेसिजका पूर्व अध्यक्ष एवं केन्द्रीय उपाध्यक्ष गोकुल सापकोटा, पूर्व अध्यक्षहरु कृष्णहरी सापकोटा, युवराज सापकोटा, रमेश काफ्ले, परमेश आचार्य, शक्ती टोल विकास संस्थाका अध्यक्ष धनपति कंडेल, महिला विकास केन्द्रका अध्यक्ष शावित्रा कंडेल, सफल महिला समूहकी जोकमाया गुरुङ लगायतको उपस्थिती रहेको थियो । डाकोट जेसिजका उपाध्यक्ष राजेश पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम महासचिव दया सापकोटाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रम गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
जेसिज सप्ताह अन्तर्गत व्यवसाय प्रवद्र्धनका लागि अन्तरक्रिया, महिलाहरुको क्षमता विकासका लागि तालिम, विद्यालयमा सेनेटरी प्याड वितरण लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।

Share.

Leave A Reply