बिजुली नहुँदा दैनिकी कष्टकर, स्थानीय भन्छन् “नमर्दै उज्यालो देख्न मन छ”

0

हाम्रो गाउँ ः हाम्रो आवाज

 


पवित्रा पराजुली
गैंडाकोट । सूर्य अस्ताएसँगै जब अध्यारो हुँदै जान्छ, गैंडाकोट १८ की होममाया सारुको मन पनि अँध्यारो हुन्छ । ७५ वर्षीय सारुलाई रातको समयमा कसरी शौचालय जाने हो भन्ने पिरलो हुन्छ । उहाँजस्तै गैंडाकोट १८ का अधिकांशको मन यस्तै सम्झेर अमिलो हुन्छ ।
वृद्ध उमेर त्यसैमाथि आँखा पनि कमजोर गाउँमा बिजुली नहँुदा होममायाले यी र यस्तै अन्य समस्या भोग्दै आउनुभएको छ । उहाँ गाउँमा बिजुली आइदिए सजिलो हुने र आनन्दीको सास फेर्न पाइने बताउँदै भन्नुहुन्छ– “आपूm नमर्दै गाउँ उज्यालो भएको हेर्ने मन छ ।”
गाउँमा बिजुलीको सुविधा नहँुदा अन्धकार मात्रै भएको छैन ससाना कामका लागि पनि स्थानीयले दुःख पाउँदै आएका छन् । स्थानीयहरु ५÷१० रुपैयाँमा हुने कामका लागि पनि गंैडाकोटको तल्लो भागमा आउनुपर्ने बाध्यता छ, त्यो पनि हजार रुपैयाँभन्दा बढी खर्च गरेर । यस्तै समस्या भोगेको अनुभव छ, गैंडाकोट १८ का तिलप्रसाद माप्छन मगरसँग । उहाँ भन्नुहुन्छ –“गाउँमा बिजुली छैन सोलारबाट फोटोकपी हँुदैन । वडामा हुने सामान्य दर्तालगायतका कामका लागि पनि फोटोकपीका लागि १० किलोमिटर टाढाको यात्रा गर्नुपर्छ । उस्तै परे बास नै बस्नुपर्ने हुन्छ ।” बिजुली गाउँमा नहँुदा त मगरलाई एउटा खुट्टा नै भाँचिएको जस्तो लागेको छ ।


राज्यको स्थानीय तह पुनःसंरचना गर्दा नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले साविकका गैँडाकोट र रतनपुर गाउँ विकास समितिका केही वडाहरूलाई मिलाएर गैँडाकोट नगरपालिका वडा नम्बर १८ घोषणा गरे तापनि यहाँ स्थानीयले नगरवासी हुनुको महसुस भने अझै गर्न सकेका छैनन् ।
बिजुलीकै अभावमा सिंचाइ गर्न नसकेर खेती गर्न नसकिएको स्थानीयको गुनासो छ । गाउँमा बिजुली ल्याउन स्थानीयले पनि पहल नगरेका भने होइनन् । दुईदुई पटक बिजुलीको पोल गाउँमा पुगे पनि बिजुली भने पुग्न नसकेको स्थानीय दुर्गाबहादुर आलेले गुनासो गर्नुभयो । गाउँमा बिजुली पु¥याउनका लागि पोल विस्तार गरिएको छ । तर यो देखावटी मात्रै बनेको स्थानीयले बताउँदै आएका छन् । गाउँमा बिजुलीको सुविधा पुग्न नसक्दा स्थानीयको दैनिक जीवन नै कष्टकर बनेको छ ।
वडामा रहेको विद्यालयमा कम्प्युटर छ तर बिजुली छैन । विद्यार्थीले त्यही कम्प्युटर हेर्छन् र चित्त बुझाउँछन् । सोलारबाट नचलेपछि सौजन्यमा बाँडिएका कम्प्युटरले के काम गर्नु र ? स्थानीयको गुनासो नै यही छ ।
वडामा विद्युतीकरणका लागि वडाले काम गरिरहेको छ तर ढिलाइ भएको स्थानीय बताउँछन् । विद्युत् विस्तारका लागि गण्डकी प्रदेशबाट ४ करोडबजेट विनियोजन भएको र यही आर्थिक वर्षभित्र गाउँमा बिजुली पु¥याउने गरी काम गरिरहेको गैँडाकोट नगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले जानकारी दिनुभयो । गण्डकी प्रदेश सभा सदस्य कृष्ण चन्द्र नेपाली र गैँडाकोट नगरप्रमुख छत्रराज पौडेलसंग वडाको समस्या समाधानका लागि आफूले पटक पटक स्मरण गराउने गरेको वडा अध्यक्ष चितौरेले बताउनुभयो । वडा अध्यक्ष चितौरेले भन्नुभयो –“गण्डकी प्रदेशबाट परेको बजेटले उज्यालो वडा बनाउने कामका लागि टेन्डर भइसकेको छ, प्रक्रियामा जाँदा केही ढिलाइ भएको छ । तर हामीले चुस्त कामका लागि फलोअप गरिरहेका छौं ।”
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उज्यालो गैंडाकोट बनाउने अभियानमा रहेको बताउँदै १ वर्षभित्र गैंडाकोट १८ मा बिजुली पुग्ने बताउनुभयो । टेन्डरको प्रक्रियामा गइसकेकोले छिट्टै बिजुली पुग्ने उहाँको विश्वास छ । उहाँले समृद्ध गैंडाकोट बनाउन नगरपालिका क्षेत्रका हरेक व्यक्तिको सहयोग र समर्थनको खाँचो रहेको जनाउँदै विकास निर्माण कार्यले गति लिइरहेको बताउनुभयो ।
गैंडाकोट १८ का कृषक, विद्यार्थी, गृहिणी र स्थानीय सबैले गाउँमा छिट्टै बिजुली पुगोस् र सहज जीवनयापन गर्न पाइयोस् भन्ने अभिलाषा बोकेका छन् । बिजुली पुगेमात्रै पनि विद्युतीय उपकरणबाट आÇनो दैनिकी फेर्न सक्षम वडावासीको सपना साकार पार्न सरोकारवाला निकायले तदारुकताका साथ कार्य गर्न जरुरी छ । बिजुली पुगेमात्रै पनि आफै केही गर्न सकिन्थ्यो कि भन्ने सोच बनाएर बसेका छन् ।

Share.

Leave A Reply