धान उत्पादनमा किसानको चिन्ता

0

हाम्रो गाउँ ः हाम्रो आवाज


माया कंडेल
गैंडाकोट । अहिले देशका धेरैजसो भुभागमा किसानहरु धान काट्न, थन्काउने व्यस्त देखिन्छन् । नवलपुरको गैंडाकोटमा पनि खेतका फाँटमा किसान धान काट्न, थन्काउनमा नै व्यस्त रहेका छन् । तर गैंडाकोट १८ का स्थानीय धान उत्पादन कम हुने भो भन्ने चिन्तामा छन् ।
धान उत्पादन बढाउन किसानलाई समयमै धानको बिउ, मल र सिंचाइको आवश्यकता पर्छ । यी कुराहरुको सही चाँजोपाजो मिलेन भने धान सोचेजति उत्पादन हुँदैन । गैंडाकोट १८ भने खेतीयोग्य जमिनको अभावसँगै सिंचाइ, बीउ र मलको अभावमा उत्पादनमा कमी आउने देखिएको छ ।
गैंडाकोट १८ का दमार, आहाले लगायतका स्थानमा धान खेती थन्काउने चटारो छ । तर यहाँ सिंचाइ, मल र विउको अभावमा सोचेजस्तो उत्पादन हुन सकेको छैन । सिंचाइ, मल र बिउको अभावमा उत्पदान घट्ने गरेको गैंडाकोट १८ का स्थानीयको दुखेसो छ । फलफुलका लागि तालिम आउने गरेको बताउँदै स्थानीय प्रमिला माप्छनले धानखेतीका लागि तालिम लिन नपाएको बताउनुहुन्छ ।
धानखेतीलाई मात्र नभएर राम्रो बीउ, मल र सिंचाइको व्यस्वथा हरेक खेतीमा आवश्यक पर्छ । गैंडाकोट १८ का स्थानीयले उत्पादन बढाउन रासायनिक मल प्रयोग गरे पनि उत्पादन सोचेजस्तो नहुने बताउँदै आएका छन् ।


स्थानीयमा अर्मपर्म गरेर धान रोप्ने, काटने र थन्काउने गर्दै आएको बताउँछन् । दुःख त हुन्छ तर उत्पादन भने कठ्ठाको १ मुरी मात्रै हुन्छ । धानको बीउ, मल र सिंचाइको सुविधा राम्रो भए धान उत्पादन र कृषिमा नै केही गर्न सकिन्छ कि भन्ने आशा उनीहरुको छ ।
गैंडाकोट १८ का कृषकले उत्पादन त गर्छन् तर त्यही भएको उत्पादन पनि बिक्रि गर्ने अवस्था भने सजिलो छैन । सहज बाटो र यातायातको सुविधा नपुगेपछि उत्पादित खाद्यान्न र स्थानीय उत्पादनलाई सजिलै बजारसँग जोड्न नसकिएको बताउनुहुन्छ । देउराली आधारभूत विद्यालय गैंडाकोट १८ का लिला थापाले उत्पादन बढाउने खालका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले गाउँमा नै तालिमको र कृषि केन्द्रको आवश्यकता रहेको बताउनुभयो ।
किसानको गुनासो सुनेपछि गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले किसानका सहजताका लागि नगरपालिकाले काम गर्ने बताउनुभयो । धानखेतको निरीक्षण गरिसकेपछि उपप्रमुख कंडेलले विद्युत्को सुविधासँगै सिंचाई र अन्य सुविधा पनि वडावासीले पाउने बताउनुभयो ।
गैंडाकोटलाई कृषिमा आत्मनिर्भर बनाउने नगरपालिकाले बताउँदै आएको छ । गैंडाकोट १८ का बासिन्दा भने आÇनो वडा पनि कृषिमा आत्मनिर्भर भएको हेर्न चाहन्छन् । सो कार्यका लागि वडा तथा नगरपालिकाले चाजोपाजो मिलाइदिनुप¥यो भन्दै कुर्दै बसिरहेका छन् ।

Share.

Leave A Reply