महिला शसक्तीकरणका लागि सचेतना सभाहल, महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गर्न सूर्यदीप सफल ः उपप्रमुख कंडेल

0


प्रेम क्षेत्री
मंसिर ७, गैंडाकोट । सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लि. ले महिला शसक्तीकरणका लागि सचेतना सभाहल निर्माण गरिरहेको छ । गैंडाकोट ९ मा सहकारीका सेयर सदस्यले संकलन गरेको ढुङ्गा, देउँसी भैलो, अन्य सांस्कृतिक कार्यक्रमद्वारा संकलित रकम, स्वतस्फुर्तरुपमा प्राप्त सहयोग र नगरपालिकाको अनुदानमा सो सभाहल निर्माणाधिन अवस्थामा रहेको सहकारीका अध्यक्ष दिपादेवी सापकोटाले जानकारी दिनुभयो ।
संस्थाको १४ औं वार्षिका साधारण सभामा बोल्ने वक्ताहरुले महिलाहरुको यस कदमको प्रशंसा गरेका थिए । कार्यक्रमकी प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले महिलाद्वारा स्थापित सहकारीको यस कार्यले महिला सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो । सभाहलले यस क्षेत्रका अन्य कार्यक्रमलाई समेत सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै उहाँले नगरपालिकाले पनि आवश्यक पहल तथा सहयोग गर्ने बताउनुभयो । साथै उहाँले अहिले विभिन्न तहमा महिला सहभागिता वढ्दै गएको जनाउँदै अझै महिलाले पाउने अधिकार लिन महिलाहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै गैंडाकोट ९ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले वडामा पछाडी परेका महिला दिदिबहिनीलाई अघि ल्याउन सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले समूहमा बसेर बचत गर्ने बानीको विकासले अहिले लाखौं रुपैयाँको कारोवार गर्न सफल भएको र यसले अफ्ठ्यारोमा परेका महिला दिदिबहिनीहरुलाई सहयोग मिलेको समेत बताउनुभयो ।


कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष खगराज सापकोटा, जयश्री फुड्सका प्रवन्धक पवन अग्रवाल, सेयर सदस्य गंगा रेग्मी सापकोटा, नव जागरण बचत तथा ऋण सहकारी संस्का अध्यक्ष हरि सापकोटा, विजय नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शुभास चापागाई, समाजसेवी बालुराम कुमाल लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा गैंडाकोट नगर कार्यपालिका सदस्य निरा दर्जी, समाजसेवी ज्ञानप्रसाद खनाल, विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लि का कोषाध्यक्ष भानुभक्त रिमाल, संस्थाका सल्लाहकार उमाकुमारी पाण्डे, विष्णुमती आचार्य, गोमा चालिसे लगायतको उपस्थिती रहेको थियो ।
साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव सीता गिरीले १३ वटा समूहमार्फत ४०७ महिला सदस्यलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
कोषाध्यक्ष विष्णुमाया पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ७३ लाख ४० हजार ५ सय ७१ रुपैयाँको आय व्यय विवरण पेश गर्नुभएको थियो । संस्थाले यसवर्ष ५ लाख ८१ हजार २ सय ८६ मुनाफा गर्न सफल भएको छ ।
लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा तथा सुपरिवेक्षण समिति संयोजक पवित्रा चालिसेले महिला सचेतना हल तयार गर्नु उपलब्धीमूलक कार्य रहेको जनाउँदै संस्थामा सदस्य वृद्धिका लागि सुझाव व्यक्त गर्नुभयो ।


सो अवसरमा सहयोगीदाता जयश्री फुड्सका प्रवन्धक पवन अग्रवाल, समाजसेवी बालुराम कुमालसहित विभिन्न विधामा सदस्यहरु ईन्द्रकुमारी अधिकारी, गंगाकुमारी सापकोटा, हेमन्ती खड्का, ईन्द्रकली सुवेदी, ग्रीस्मा सुनारी, शान्ती थापा, भवानी वर्तौला, गंगा कंडेल, डिलकुमारी पौडेल, संस्थापक अध्यक्ष उमा पाण्डे, एसईईमा उत्कृष्ट अकं ल्याउने बिहानी गुरुङ र नेहा आचार्यलाई सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष सरस्वती सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम संस्थाका अध्यक्ष दीपादेवी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

Share.

Leave A Reply