गैडाकोट नगरपालिकामा मेलमिलाप कक्षको स्थापना, न्यायिक समितिद्धारा ६७ जना मेलमिलाप कर्तालाई परिचय पत्र वितरण

0

डोलराज रानाभाट, गैडाकोट, ६ मंसिर । टोल, छिमेकमा हुने स साना झगडाहरु वीनवीनको अवस्था आउने गरी समाधान गराउन गैडाकोट नगरपालिकामा मेलमिलाप कक्षको स्थापना गरिएको छ । नगर उपप्रमुख विष्णु कुमारी कडेँल संयोजक रहेको न्यायिक समितिमा आउने उजुरीहरुलाई शान्त र व्यवस्थित ठाउँमा बसेर छलफल गर्न मिल्ने गरी कक्षको स्थापना गरिएको हो । धेरै जसो छर छिमेकीवीचको झगडा, साँध सिमाना, आँठा,श्रीमान् श्रीमतीको झगडा लगायतका घटनाहरु न्यायिक समितिमा आउने गरेको नगर उपप्रमुख कडेँलले बताउनुभयो ।

त्यस्तो उजुरीमा मन माझिने गरी दुवै पक्षवीच छलफल गरि सहमति गराउनुपर्ने भएकाले शान्ता वातावरण भएको ठाउँ माग गरिए वमोजिम कक्षको स्थापना गरेको बताउनुभयो । यसैविच गैडाकोट नगरपालिकाले नगरभित्र रहेका ६७ जना मेलमिलाप कर्ताहरुलाई परिचय पत्र वितरण गरेको छ । गैडाकोट रिर्सोटमा भएको मेलमिलाप कर्ताहरुको परिचय पत्र वितरण र अन्तरक्रिया कार्यक्रममा बोल्दै मेमिलापकर्ताहरुले ३६ लाई ६३ बनाउने काम सजिलो नभएको तर जव दुवैपक्षलाई मिलाएर विवाद समाधान हुन्छ तव सन्तुष्ट मिल्ने बताउनुभएको थियो । हतारमा कहिल्यैपनि मेलमिलाप गराउन नहुने भन्दै नगरपालिकामै छलफल गर्ने कक्षको माग गरेका थिए ।


न्यायिक समिति संयोजक उप मेयर विष्णुकुमारी कडेँल सापकाटोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गैडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले मेलमिलाप गराउँदा दुवै पक्षलाई विनविनको अवस्था आउने गरी निर्णय गर्न सुझाव दिनुभयो । जनप्रतिनिधिहरुको आगमनसँगै स्थानीय जनताले आफूलाई परेका समस्याहरु निर्धक्क राख्न सक्ने भएको र त्यसमा वडाअध्यक्ष सहित मेलमिलापकर्ताहरुले दुवैजनालाई सहमतिमा ल्याएर गराउने यो व्यवस्था सामाजिक सन्तुलनका लागि उपयुक्त भएको बताउनुभयो । कार्यक्रममा मेलमिलापकर्ताहरुले वडामा विवाद मिलाउन छलफल गर्ने उपयुक्त ठाउँ नभएको भन्दै नगरपालिकामै एउटा कार्यकक्ष स्थापना गरेर त्यही छलफल गर्नुपर्नेगरी व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

नगरपालिका भित्रै मेलमिलाप कक्ष हुनुपर्ने र त्यसमा हिमाल, भगवान वुद्ध लगायतका तस्विर टाँसेर शान्ति फैलाउने भावनहरु व्यक्त भएका लेखहरु लेखि शान्त वातावरण वनाउन माग गरेका थिए । कार्यक्रममा उठेका सवालहरुलाई सम्वोधन गर्दै उप मेयर कडेँलले नगरपालिकाले मेलमिलाप कक्षको व्यवस्था गरिसकेको जानकारी दिनुभयो । सो कक्षमा सचिवालय सहित नगरभरीका मेलमिलापकर्ताहरुको फोन नम्वर सहित सवै विवरण राखिएको जानकारी दिनुभयो ।

साथै न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाहरु मात्रै हेर्न सवैमा आग्रह गर्दै छिट्टै अवलोकन भ्रमणको कार्यक्रम गर्ने जानकारी दिनुभयो । मेलमिलापकर्ताहरुको माग अनुसार न्यायिक समितिमा सफलता प्राप्त गरेका स्थानीय निकायमा व्यवहारिक ज्ञान हासिल हुने गरी भ्रमणको कार्यक्रम मिलाउने उहाँको भनाई छ । कार्यक्रममा वडानम्वर ९ का अध्यक्ष प्रेम सापकोटा,मेलमिलापकर्ताहरु ज्ञान प्रसाद खनाल, रामचन्द्र सुवेदी,बलराम चालिसे, नारायण पौडेल, , नरहरी सापकोटा,भवानी प्रसाद कडेँल, कृष्ण पौडेल लगायतले भ्रमण उपयुक्त स्थानीय निकायको अवलोकन गर्ने गरी हुनुपर्ने बताउँदै पुराना मेलमिलापका प्रमाणहरुलाई व्यवस्थित अभिलेखिकरण गर्न माग गरेका छन् । कार्यक्रममा वडा न्यायिक समितिका संयोजक समेत रहेका वडाअध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।कार्यक्रमको सहजीकरण न्यायिक समिति सचिवालयका कर्मचारी इश्वरी प्रसाद आचार्यले गर्नुभएको थियो ।

वडा तथा नगरपालिकामा रहेका न्यायीक समितिले विवाद निरुपण सम्बन्धि १३ प्रकृतिका मुद्दाहरु माथी फैसला गर्ने अधिकार पाएको छ भने ११ प्रकृतिका विवादको समस्या समाधान गर्नका लागि मेलमिलाप गर्न सक्ने स्थानीय तह सरकार संचालन ऐन २०७४ मा उल्लेख गरिएको छ ।

Share.

Leave A Reply