कालापानीमा ज्यान दिन तयार छौँ, भूमि मिच्न नदेउ सरकारः अक्सफोर्ड गैडाकोटका विद्यार्थी (फोटो फिचर सहित)

0

डोलराज रानाभाट, ६ मंसिर । अक्सफोर्ड मावि गैडाकोट नवलपुरका विद्यार्थीहरुले आवश्यक परे कालापानीमा गएर लड्न तयार रहेको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमि तत्काल फिर्ता गराउन नेपाल सरकारसँग माग गरेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएको यथेष्ट प्रमाण हुँदापनि भूमि फिर्ताका लागि नेपाल सरकार किन डराएको हो भन्दै प्लस टुमा अध्ययनरत विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीहरुले प्रश्न गरेका छन् ।

भारतले नेपाली भूमि समावेश गरि नक्सा सार्वजनिक गरेको २० दिन वित्दासमेत नेपाल सरकारबाट सक्रिय कदम नचालिएको प्रति आक्रोश व्यक्त गर्दै विद्यार्थीहरुले वीर गोर्खालीको पहिचान यथावत रहेको र आवश्यक परे भूमि मिचिएको ठाउँमा गएर ज्यान अर्पण गर्न तयार रहेको बताउदै भारतदेखि नडराउन सरकारलाई आग्रह गरेका छन् । सरकारलाई आवश्यक परे रगत दिन तयार रहेको बताउँदै विद्यार्थीहरुले गैडाकोट नगरपालिका मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएका छन् ।

ज्ञापन पत्र मार्फत भारतले सार्वजनिक गरेको नक्सा खारेजीको माग गरिएको छ भने नेपाली भूमिमा रहेका भारतीय सैनिक व्यारेक हटाएर राज्यको उपस्थित देखाउन आग्रह गरिएको छ । देशले मागे सम्पूर्ण राष्ट्रप्रेमी विद्यार्थीहरु नेपाली भूमिमाथिको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षार्थ ज्यान दिन पनि पछि नहट्ने भन्दै गैडाकोट ५ का वडाअध्यक्ष नवराज कडेँललाई विद्र्याीहरुले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र वुझेपछि वडाअध्यक्ष नवराज कडेँलले राष्ट्रको माटो जोगाउन विद्यार्थीहरुले देखाएको अग्रसरता र खवरदारीको प्रशंसा गर्दै जतिसक्दो चाँडो प्रधानमन्त्री समक्ष उक्त ज्ञापन पत्र पठाउने बताउनुभयो ।

मेयर छत्रराज पौडेलको कार्यव्यस्तताका कारण कडेँललाई ज्ञापन पत्र बुझाइएको हो । त्यसअघि विद्यार्थीहरुले वीर हौँ, झुक्ने छैनौँ, व्याक अफ इन्डीया वेकअप नेपाल, मोदी जी होयर इज योर सेज हार्ट लेखिएको प्लेकार्ड सहित कलेजबाट नगरापकिालसम्म शान्तिपूर्ण विरोध र्याली प्रदर्शन गरेका थिए । सयौँको संख्यामा आएका विद्यार्थीहरुले गैडाकोट परिसरमा कोण सभा गरेका थिए । सभामा बोल्दै विद्यार्थीहरु उमेश रावल, राज भुषाल,दिपेन्द्र सापकोटा, राजेश्वरी वानिया, ऋषि पौडेल, पुरुषोत्तम त्रिपाठी लगायतले घरमा बसेर टिमी र फेसबुक चलाउँदै सरकार निक्म्मा रहेछ भन्दै दिन कटाउनुभन्दा शान्तिपूर्ण रुपमा मैदानमा उत्रन आवश्यक रहेकोमा जोड दिएका थिए । शान्तिपूर्ण प्रदर्शनीका साथै वौद्धिक वहस आजको आवश्यकता रहेको बताएका थिए ।

राष्ट्रवादी भन्नेहरुले नै कालापानी सम्वन्धी गितहरु वन्देज गराएको भन्दै अव नेतृत्वलाई विश्वास गनुृभन्दा जनता एक जुट आवश्यक रहेकोमा जोड दिएका थिए । बरु नाकावन्दी खेप्न तयार रहेको तर एक इन्च भूमि गुम्न नदिनेमा आफूहरु सदैव सतर्क रहेको बताउदै स्वभिमानका साथ भारतसँग कुटनितिक पहल थालेर गुमेको भूमि फिर्ता र सीमामा राज्यको उपस्थितिका लागि आग्रह गरेका थिए । कार्यक्रममा कलेजका सहायक प्रिन्सीपल तिलक पन्थी  लगायत प्राध्यापकहरुको पनि सहभागीता रहेको थियो ।

Share.

Leave A Reply