मन्त्रिपरिषद्मा महिला ः ‘शीर्ष नेतृत्वले संविधानको पालना गरेन , चरम गुटवन्दीले ओलीलाई पूर्व माओवादीका साथीहरु प्यारो’

0

डोलराज रानाभाट, गैडाकोट, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा महिलाहरुको प्रतिनिधित्व झन् घटाइएको छ । राज्यमन्त्रीसहित ४ जना महिलाहरुको सहभागीता रहेको मन्त्रिमण्डल अहिले दुई जना महिलामा आएर सीमित गराइएको प्रति नेकपाका महिला नेतृहरुले विरोध गरेका छन् । लामो संघर्षपछि संविधानमै राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई प्रत्याभूत गर्दापनि नेतृत्वले भएका महिला मन्त्रीलाई पनि हटाएर संविधानको पालना नगरेको बताएका हुन् ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै नेकपा केन्द्रीय कमिटि सदस्य उमादेवी कोइरालाले नेतृत्व एलौटी चलेका कारण संविधानको कार्यान्वयन नभएको बताउनुभयो । संविधानले ३३ प्रतिशत सहभागीता को प्रत्याभूति गर्दासमेत भएको महिला मन्त्रीलाई हटाएर पुरुष नियुक्ति गर्नुले आफूहरुलाई दुखीत बनाएको बताउनुभयो । नाम महिला मन्त्रालय नेतृत्व पुरुषलाई यो स्वीकार्य नहुने उहाँको भनाई छ ।

मन्त्री थममाया थापालाई हटाउनुपर्ने कारण केही नभएको र विना कारण यसरी भएका महिला सहभागितालाई हटाउने नेतृत्वप्रति उहाँको असन्तुष्टी रहेको थियो । व्यक्ति हटाउने अधिकार प्रधानमन्त्रीलाई भएपनि महिला वालवालिका मन्त्रालय पुरुषको जिम्मामा दिनु सह्य नभको कोइरालाको तर्क छ । आफूहरु अन्यायमा पर्नु पर्दैन भनेर कम्युनिष्ट आन्दोलनमा लागेको भन्दै संविधानमै व्यवस्था हुँदापनि शीर्ष नेतृत्वले झन् त्यसको कार्यान्वयनलाई लत्याएको बताउनुभयो ।

केन्द्रीय कमिटीको बैठक समेत नराखेर केपी शर्मा ओलीले एकलौटी पार्टी चलाएको भन्दै राज्यमा हुने नेतृत्वमा लैजाने व्यक्तिहरुको विषयमा एक पटक भएपनि केन्द्रीय कमिटि बैठक राखेर छलफल गर्नुपर्दथ्यो तर त्यसो भएन उहाँको भनाई छ । महिलाहरुलाई उपेक्षा गरेको भन्दै कोइरालाले पार्टीभित्र क्षमतावान् महिलाहरु भएको र काम गर्दै जाँदा अनुभव लिँदै जाने भन्दै रामकुमारी झाँक्री जस्तै अन्य क्षमतावान नेतृहरुलाई दुखीत तुल्याएको बताउनुभयो ।

नेतृत्वले जसरी पनि महिला मन्त्री थप्नुपर्नेमा आफूहरु अडिग रेहेको भन्दै छलफल गरेर दवाव दिनसक्ने अवस्था आउने बताउनुभयो । पार्टीमा चरम गुटवन्दी भएको र आफू टिक्न केपी शर्मा ओलीले मनपरी गरेको बताउनुभयो ।

 

वर्तमान मन्त्रिमण्डलबाट बिदा हुनेमा

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल,

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ,

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा

र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव हुनुहुन्छ । त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र  सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त हुनुभएको छ ।

 

नयाँ मन्त्रिपरिषद्ः–       

१ श्री केपी शर्मा ओली प्रधानमन्त्री
२ श्री ईश्वर पोखरेल उपप्रधानमन्त्री रक्षा
३ श्री उपेन्द्र यादव उपप्रधानमन्त्री कानून, न्याय तथा संसदीय मामिला
४ श्री रामबहादुर थापा मन्त्री गृह
५ श्री प्रदीपकुमार ज्ञवाली मन्त्री परराष्ट्र
६ श्री हृदयेश त्रिपाठी मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री
७ श्री गिरीराजमणि पोखरेल मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
८ श्री वर्षमान पुन मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
९ श्री घनश्याम भुसाल मन्त्री कृषि तथा पशुपन्छी विकास
१० श्री भानुभक्त ढकाल मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
११ श्री लेखराज भट्ट मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१२ श्री योगेशकुमार भट्टराई मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१३ श्री शक्तिबहादुर बस्नेत मन्त्री वन तथा वातावरण
१४ श्री रामेश्वर राय यादव मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१५ डा. युवराज खतिवडा मन्त्री अर्थ
१६ श्री मोहम्मद इश्तियाक राई मन्त्री सहरी विकास
१७ श्री जगतबहादुर सुनार (विश्वकर्मा) मन्त्री युवा तथा खेलकुद
१८ श्री गोकुलप्रसाद बाँस्कोटा मन्त्री सञ्चार तथा सूचना प्रविधि
१९ श्री पद्माकुमारी अर्याल मन्त्री भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
२० श्री बीना मगर मन्त्री खानेपानी
२१ श्री वसन्तकुमार नेम्वाङ मन्त्री भौतिक पूर्वाधार तथा यातायात
२२ श्री पार्वत गुरुङ मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
२३ श्री मोतीलाल दुगड राज्यमन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
२४ श्री नवराज रावत राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२५ श्री रामवीर मानन्धर राज्यमन्त्री सहरी विकास

 

उमादेवी कोइरालासँगको कुराकानी

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागितालाई संविधानले नै प्रत्याभूत गरेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको केन्द्र सरकारमा महिला, बालबालिका मन्त्रालय पुरुषलाई दिनुपर्ने अवस्था किन आयो ?कुराकानी गर्दै नेकपा केन्द्रीय कमिटि सदस्य उमादेवी कोइराला

Posted by Vijaya FM on Thursday, 21 November 2019

Share.

Leave A Reply