नवलपरासीमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नक्कली कागजात बनाउने अख्तियारको फन्दामा

0


मंसिर ५, नवलपरासी । जनता माध्यमिक विद्यालय सुक्रौली, नवलपरासीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादव (अहिर) बिरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको छ ।

अहिरले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन भारतबाट नक्कली एस.एल.सी. को शैक्षिक योग्यताका प्रमाणपत्रहरु बनाई पेश गरेको उल्लेख गरिएको छ ।

अहिरले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणासी, यू.पी.बाट प्राप्त हाइस्कुल तहको झुठ्ठा एवं नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जनता माध्यमिक विद्यालय सुक्रौली नवलपरासीमा २०७१ असोज २४ गतेदेखि २०७३ साल कार्तिक महिनासम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको जनाईएको छ ।

अहिरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदावी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिनुभयो ।

Share.

Leave A Reply