पालो पु¥याउन मन्त्रिपरिषद पुनर्गठनः लालबावु पण्डित

0

डोलराज रानाभाट, ५ मंसिर । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रीबाट हटाइएका लालबावु पण्डितले पालो पु¥याउन मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताउनुभएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही नयाँ साथीहरुको इच्छाआकांक्षा भएकाले पालो पुर्याउन आवश्यक भएको भन्दै मन्त्रीमण्डल पुनर्गठन हुने बताएको पण्डितको भनाई छ। अहिलेसम्म आफूले मिडियाबाटै थाहा पाएको र मन्त्रिपरिषद पुनगर्ठन प्रधानमन्त्रीको क्षेत्राधिकार भएका कारण आफ्नो धेरै प्रतिक्रिया नरहेको बताउनुभयो । प्रधानमन्त्रीले राम्रै सोचेर गर्नुभएको हो भने राम्रै हुन्छ भन्दै मन्त्री पण्डितले निर्णयबाट व्यक्तिगत सन्तुष्टी असन्तुष्टीले केही अर्थ नरहने बताउनुभयो ।

यो प्रधानमन्त्रीय प्रणाली हो यसमा राम्रोलाई राखेपनि नराम्रोलाई राखेपनि उहाँको स्वविवेकीय कुरा भएको बताउनुभयो । कार्यसम्पदानलाई आधार मानेर आफूलाई हटाइएको भन्नेमा असन्तुष्ट पोख्दै उहाँले कार्यसम्पदानमा आफूले सकेको परिणाम दिएको बताउनुभयो । व्यक्तिको इच्छा अनुसार सयमा सय प्रतिशत नतिजा दिन कसैले नसक्ने भन्दै तुलनात्मक परिणाम आफूले दिएको उहाँको दावी छ । तुलनात्मकमा जे जिम्मेवारी महत्पूर्ण र कठीन थियो त्यो आफूले पुरा गरेको बताउनुभयो ।

देश संघीय संरचनामा गइसकेपछि पुराना मौजुदा कानुन परिवर्तन सँगै तीन तहको संरचनागत हुने गरी नयाँ कानुन निर्माण, कर्मचारी समायोजन, संगठनात्मक संरचना लगायतका कार्यहरु आफ्नो कार्यकालमा गरेको उहाँले बताउनुभयो । कर्मचारी समायोजन लगायतका कार्यले पूर्णता पाएको भन्दै आफूले गत वर्षनै संघीय निजामती ऐन निजामती सेवा ऐनको मस्यौदा सरकारको तर्फबाट फागुन महिनामै संसदमा प्रस्तुत गरेको र राज्य व्यवस्था समितिमा छलफल भएर टुगिने क्रममा रहेको बताउनुभयो । अवको मन्त्रीले मुख्य रुपमा गर्नुपर्ने काम यही रहेको बताउँदै आफू जनता र देशको हितका लागि निरन्तर लागि रहेका प्रतिवद्धता पनि उहाँको थियो ।

अहिले तराई मधेश सम्वृद्धि कार्यक्रम २१ जिल्लामा सुरुवात भएको र त्यसमार्फत हुने विकास निर्माणको कार्यमा आफ्नो भूमिका रहने उहाँले बताउनुभयो । मन्त्री पण्डितले लोकसेवा आयोगमा आफूलाई अनावश्यक विवादमा ल्याइएकोमा दुख व्यक्त गर्दै पछि वुझाएपछि सवैले साथ दिएको बताउनुभयो । आफूले पश्चाताप हुनेगरी कुनैपनि कार्य नगरेको भन्दै आफू सन्तुष्ट रहेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवेवी भण्डारीले मन्त्रिपरिषद पुनगर्नठन गनुभएको छ । जसमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबावु पण्ठित पनि हुनुहुन्छ र उहाँको ठाउँमा हृदयेश त्रिपाठीलाई मनत्री बनाइएको छ । खासमा आफूलाई किन हटाइयो भन्ने लाग्छ मन्त्री पण्डितलाई अनि उहाँले आफ्नो कार्यकालमा केके काम गर्नुभयो त ? कुराकानी गर्दै मन्त्री लालवावु पण्डित

Posted by Vijaya FM on Wednesday, 20 November 2019

Share.

Leave A Reply