अतिक्रमित जग्गा फिर्ता ल्याउन सरकारलाई राष्ट्रिय जनमोर्चाको अपिल

0

शारदा झेडी मगर, ४ मंसिर ।नेपाल भारत विचमा रहेको करिव १८ सय किलोमिटर सीमा क्षेत्रमा भारत सरकारले १ सय २२ स्थानमा सिमा अतिक्रमण गरेको भन्दै राष्ट्रिय जनमोर्चा जिल्ला समिति नवलपुरले विरोध प्रर्दशन गरेको छ । बुधवार कालापानी , लिपुलेक , लिम्पीयाधुरा र सुस्ता हाम्रो हो , भारतीय साम्राज्यबादी सेना फिर्ता गर नक्कली नक्सा खारेज गर , भारतीय साम्राज्यबाद मुर्दाबाद लेखिएको ब्यानर सहित सभापतीचोक बाट र्याली सहितको जुलुस जिल्ला प्रशासन कार्यलय पुगेको हो । जनमोर्चाले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलय, गण्डकी प्रदेश मुख्य मन्त्रीलाई जिल्ला प्रशासन कार्यलय नवलपुरमार्फत् ज्ञापन पत्र पेश गर्दै सिमा विवादलाई सबै दल मिलेर साम्य गराउन माग गरेको छ । मोर्चाले जारी गरेको ज्ञापन पत्रमा सर्वदलिय सहमति र सरकारले लिएको अडानलाई राष्ट्रिय जनमोर्चाले दृढताका साथ समर्थन गर्दे भारतले हाल सम्म जवरजस्ती कब्जा गरेको नेपाली भूमि फिर्ता लिनका लागि समेत अपिल गरेको छ । यस्तै मोर्चाको ज्ञापन पत्रमा अरु जिल्ला संगै नवलपरासी पुर्व र पश्चिममा रहेका सिमा पनि अतिक्रमणमा परेको हुदा नेपालमा जति पनि अतिक्रमित सिमा छन् सबै फिर्ता ल्याउन समेत सरकारलाई आग्रह गरेको छ । राष्ट्रिय जनमोर्चा पार्टिका जिल्ला अध्यक्ष दिपक पाण्डेको संयोजनमा गएको टोलिले प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्किलाई बुझाएका थिए ।

Share.

Leave A Reply