‘अपराध न्यूनीकरणका लागि कानूनको किताव वाँड्न आवश्यक’

0

डोलराज रानाभाट, गैडाकोट,४ मंसिर । समुदायमा हुने अपराध न्यूनीकरण र नयाँ कानूनको जानकारी दिन गैडाकोटमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय नवलपुरको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै जिल्ला न्याधिवक्ता सीताराम अर्यालले विस २०७५ साल भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता २०७४ लागु भएको र धेरैमा यसबारे अन्यौलता रहेका कारण अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिनुभयो ।

समाजमा हुने घटनाहरु कुन फौजदारी र कुन देवानी हो त्यो छुट्याउन सक्नुपर्ने र त्यही अनुसार कुन निकायमा गएर आफूलाई परेको अन्याय व्यक्त गर्ने भन्नेमा स्थानीय जानकार हुनुपर्ने बताउनुभयो । समाज सचेत भए अपराधका घटना कम हुने र त्यसले शान्त र सभ्य समाजको परिचय दिने भन्दै सचेतनाका लागि आफूहरुले संयुक्त कार्यक्रम गरेको बताउनुभयो । कानुन जानीन भन्न नपाईने भन्दै सरकारले सवै जनताको हात हातमा पुग्ने गरी नयाँ कानुनका कितावहरु पुर्याउनुपर्नेमा जोड दिनुभयो । अनुसन्धान र अभियोजनको संयुक्त जानकारीले न्याय सम्पादनमा थप सहयोग पुग्ने भन्दै संयुक्त कार्यक्रमले त्यसबारे जानकारी गराउन सफल हुने उहाँको भनाई थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी मोहन प्रसाद पोखरेलले समाजमा भएका अपराधिक घटनाको कारण ९० प्रतिशत मदिरा सेवन र लागुऔषधको प्रयोगबाट भएको भन्दै यसलाई रोक्न प्रहरी कटिवद्ध रहेको बताउनुभयो । सीमित जनशक्ति र स्रोतबाट सुरक्षा प्रदान गरिहेको बताउँदै लागुऔषधमा धेरै जसो गैडाकोटक नगरका व्यक्तिहरु पक्राउ परेको बताउनुभयो । यसलाई रोक्न प्रहरीले सचेतना कार्यक्रम गर्दै आएको र स्थानीयले पनि साथ दिन उहाँको आग्रह थियो ।

श्रीराम पार्टी प्यालेस गैडाकोटमा सम्पन्न समुदाय सरकारी वकिल र समुदाय प्रहरी साझेदारी संयुक्त कार्यक्रममा नगरपालिकाका वडाअध्यक्षहरु, वडासदस्यहरु,प्रहरी,सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, होटल व्यवसायी,यातायात व्यवसायी, युवा, विद्यार्थी,सरकारी वकिल कार्यालयका कर्मचारीहरु लगायतको उपस्थितिसँगै आफूलाई लागेको जिज्ञासा व्यक्त गर्दै कानुनमा आएका कठीनाई र नगरपालिकामा देखिएको लागुऔषधका विकृती र ढोडेनीबाट आउने मादक पदार्थ नियनत्रण गर्न आग्रह गरेका थिए । जिज्ञासाको जवाफसँगै न्याधिवक्ता अर्यालले अन्तरक्रिया कार्यक्रममा आएका सुझावहरुलाई आगामी पौष ४, ५ र ६ गते हुने देशभरका सरकारी वकिल प्रहरीवीचको छलफलमा पेश गर्ने जानकारी दिनुभयो । कार्यक्रमको जिल्ला सह न्याधिवक्ता मनोहर लम्सालले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply