बिजुलीले हर्दिवासीको अनुहारमा उज्यालो

0


सरु चापागाई
गैंडाकोट । लामो समयदेखि अन्धकारमा बसेका गैंडाकोट ३ हर्दीका स्थानीयहरु अहिले गाउँमा बिजुली आएपछि खुसी भएका छन् । आपूmले लामो समय अन्धकारमा बिताएका विगतका दिन सुनाउँदै गैँडाकोट ३ हर्दीकी डोलमाया गुरुङले अहिले धेरै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो –“पहिला बिजुली नभएका कारण धेरै समस्या भोग्नुपरेको थियो, पढ्न टुकी बाल्नुपर्ने बाध्यता थियो, सोलार पाएपछि केही सहज भएपनि गाउँमा बिजुली आएपछि अहिले हर्दी गाउँ नै उज्यालो भएको छ ।”
राति अन्धकारमा बाहिर निस्कन र बिरामी हँुदा ठूलो समस्या भोग्नुपरेका दुःखको अनुभव उहासँग छ । बिजुली नहँुदा आपूm जस्तै अभाव र अन्धकारमा बालबालिकाको जीवन जान्छ कि भन्ने पिर हटेको बताउने डोलमायाको मन बिजुली आएपछिको उज्यालो जस्तै भएको छ ।
साँझ परेसँगै टुकी र मैनवत्तीको सहारामा जीवन चलाउँदै आएका हर्दीका स्थानीयहरु अहिले बिजुलीबत्तीसँगै आफ्ना आवश्यकता पूरा भएसँगै दंग पनि छन् । स्थानीय झ्याङबहादुर विकले गाउँमा बिजुलीले खुसी बोकेर आएको र अब धेरै काम गर्ने रहर मनमा पलाएको बताउनुभयो । सिंचाइको अभावमा खेतीयोग्य जमिन हुँदाहँुदै पनि सिंचाइको पर्खाइमा बसेका स्थानीयले राहत महसुस गरेका छन् । अब बाली उब्जनी गरेर बजार सम्म उत्पादित वस्तु बिक्रीका लागि लैजाने वातावरण बनेको झ्याङबहादुर विकको भनाइ छ ।
गाउँमा बिजुली नभएका कारण मोबाइल चार्ज गर्न घन्टौं हिँडेर देवघाटसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । स्थानीयहरु अहिले आप्mनै घरगाउमा मोबाइल चार्ज गर्ने र इन्टरनेट चलाउने भएका छन ।
जन्मिएको २५ वर्षपछि गाउँमा नै बिजुली देखेका कुमार मगरले टिभि हेर्ने, मोबाइल चार्ज गर्ने आफ्नै घरमा पाइएको बताउँदै यसले समयको पनि बचत भएको बताउनुहुन्छ ।
अन्धकारमा पढ्दै र अन्धकारमा नै जीवन चलाउँदै आएका स्थानीयहरु अब आफ्ना बालबालिकाले त्यो समस्या भोग्न नपर्नेमा ढुक्क छन् । स्थानीय सरकार आएपछि गैंडाकोट ३ मा मुख्य समस्याका रुपमा रहेको बिजुली बत्ती पुगेको छ । गैँडाकोट ३ का मीनबहादुर पाण्डे बिजुलीसँगै अब गाउँमा बाटो बनेको हेर्ने रहर रहेको बताउनुहुन्छ ।
गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले वर्षौंसम्म बिजुलीको आसमा बसेका स्थानीयहरु बिजुली पुगेसँगै गर्व गर्न थालेका बताउनुहुन्छ । वडा अध्यक्षको पहलमा बिजुली पुग्दा खुसीको महसुस सगै नयाँ आशा पलाएको स्थानीयको ठहर छ । लामो समयपछि उज्यालोको महसुस गर्न पाएका हर्दीवासी अब विकासले तीव्रता पाउनेमा आशावादी देखिएका छन् ।

Share.

Leave A Reply