चितवनको भरतपुरमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुदैं

0


प्रेम क्षेत्री
मंसिर ४, चितवन । चितवनको भरतपुरमा यहि मंसिर ६ गतेदेखि ९ गतेसम्म चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ हुने भएको छ ।
‘कृषिको रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नारा सहित चितवन एक्स्पो सेन्टरमा हुन लागेको प्रदर्शनीको तयारी समेत अन्तिम चरणमा पुगेको छ । प्रदर्शनी स्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी गराईएको हो ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा प्रर्दशनी हुन लागेको हो ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु तथा सेवाका वारेमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गर्न लागिएको जानकारी दिनुभयो । संघका महासचिव कृष्ण शर्माले प्रदर्शनीमा २० भन्दा बढी देशको सहभागिता रहनुको साथै १०० भन्दा बढि स्टल रहने बताउनुभयो ।
उपाध्यक्ष खोजराज कटुवालले २ हजार भन्दा बढि प्रकारका कृषि यन्त्र औजार र उपकरण प्रदर्शन गरी ३५ हजार बढिलाई अवलोकन गराउने लक्ष्य रहेको बताउनुभयो ।
सचिव झमकप्रसाद घिमिरेले प्रर्दशनीमा ७० जिल्लाका अवलोकनकर्ता सहभागी हुने र १० करोडभन्दा बढिको कारोबार हुने आयोजकको अपेक्षा रहेको बताउनुभयो ।
चितवनको नारायणघाटबाट सुरुवात भएको पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी दोस्रो बाकेंको कोहलपुर र तेस्रो धरान सुनसरी हुदै चौथो प्रदर्शनी चितवनकै एक्स्पो सेन्टरमा हुन लागेको हो । प्रदर्शनी निशुल्क अवलोकनको व्यवस्था मिलाईएको छ ।

Share.

Leave A Reply