शाईनिङमा पत्रकार र स्रष्टा सम्मान एवम् ‘ कृति–विमोचन

0


प्रेम क्षेत्री
मंसिर ४, गैंडाकोट । शाईनिङ आवासीय माध्यमिक विद्यालय गैंडाकोट ५ को रजत महोत्सवका अवसरमा कविता वाचन तथा पत्रकार र स्रष्टा–सम्मान एवम् ‘शूर्पणखा’ खण्डकाव्यमाथि अन्तरक्रिया, कृति–विमोचन कार्यक्रम गरेको छ ।
त्रिवेणी साहित्य समाजका लागि प्रा.डा. नारायणप्रसाद खनालको ‘शूर्पणखा खण्डकाव्य माथि अन्तरक्रिया’ नामक कृतिको विमोचन गरिएको पुस्तकका संयोजक ईन्दिरा चापागाई दवाडीले जानकारी दिनुभयो । सो अवसरमा त्रिवेणी साहित्य परिषद्का अध्यक्ष प्रा. डा. नारायणप्रसाद खनाल, परिषद्का सचिव एवम् कविवर गोविन्दराज विनोदी, साहित्यकार केदारनाथ खनाल, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाई, साहित्यकार गायत्री श्रेष्ठलाई सम्मान गरिएको थियो ।
त्यस्तै पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा नवलपरासी जिल्लाको शैक्षिक, सामाजिक बिकासमा उल्लेखनीय भुमिका खेलेको भन्दै नेपाल पत्रकार महासंघ पुर्बी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाट, पत्रकार महासंघ गण्डकी प्रदेशका कोषाध्यक्ष दिपक भट्टराई,प्रेस संगठनका नवलपुर अध्यक्ष हिमाल देब पंगेनी र पत्रकार ज्ञानु पंगेनीलाई समेत सम्मान गरिएको थियो ।
उहाँहरुलाई नगद, दोसल्ला र सम्मानपत्रबाट प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राध्यापक डा.चुडामणि बन्धुले सम्मान गर्नुभएको थियो ।
महोत्सवअन्तर्गत भू.पू. विद्यार्थी बैठक, अतिरिक्त क्रियाकलाप, विद्यालयका विविध भू.पू. समिति सदस्यहरूबीच अन्तरक्रिया र सम्मान कार्यक्रम, अभिभावकको सुझाव संकलन कार्यक्रम तथा अभिभावक तालिम, स्थानीय शिक्षामा महिला सहभागिता विषयक महिला जनप्रतिनिधिबीच अन्तरक्रिया, स्वास्थ्य परीक्षण शिविर, खुल्ला भजन प्रतियोगिता, समुदायमा सरसफाइ ¥याली, अन्तर विद्यालयस्तरीय जंक आर्ट प्रतियोगिता, बृहत् खुला रक्तदान लगायत कार्यक्रम गरिने विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद दवाडीले बताउनुभयो ।
शाइनि∙ प्रदर्शनी, झाँकी प्रदर्शनी, स्काउट प्रदर्शनी, स्मारिका लोकार्पण, नवनिर्मित विद्यालय भवन तथा रजत स्तम्भ उद्घाटन, विविध साँस्कृतिक कार्यक्रम, विधागत सम्मान एवं मूल समारोह समापन गरिने उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply