पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

0

मंसिर ४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार सहित पार्टी सञ्चालनको जिम्मेवारी दिइने बैठकले निर्णय गरेको छ ।

मन्त्री र सरकारबारे सम्पूर्ण निर्णय गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिने निर्णय बैठकले गरेको छ ।

Share.

Leave A Reply