नेकपा सचिवालय बैठक आज विहान, नयाँ मन्त्रीहरुको नाम टुगो लगाइने

0

File Photo

काठमाडौँ, ४ मङ्सिर ः सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उहाँले जानकारी दिनुभयो ।

एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो । हिजो मात्रै प्रधानमन्त्रीले मन्त्रीपरिषदको बैठक डाकेर अहिलेसम्म साथ र सहयोगका लागि धन्यवाद दिनुभएको थियो । आजको सचिवालय बैठकले नयाँ मन्त्रीहरु छनोट गर्ने बताइएको छ । सम्भवत आजै नयाँ मन्त्रीहरुको नाम सार्वजनिक गरिने तयारी हुँदैछ ।

Share.

Leave A Reply