गैंडाकोटमा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको तेस्रो दिन , भक्तजनको आज घुइचो

0

डोलराज रानाभाट, गैडाकोट, ३ मंसिर । श्री लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ भजन कीर्तन समूह गैंडाकोटको आयोजनामा मंसिर १ गते देखि जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०७६ को आज तेस्रो दिन भक्तजनहरुको घुइचो लागेको थियो । महायज्ञ मूल समारोह समितिका संयोजक घनश्याम कडेँलको अध्यक्षतामा आजको कार्यक्रम सकिएको थियो । उहाँका अनुसार आज मात्रै करिब १ हजार २ सय जना भक्तजनहरुको प्रत्यक्ष उपस्थिति रहेको र झाँकीहरु पनि प्रदर्शन गरिएको थियो ।

आजको उपस्थितिले आफूहरुलाई थप हौसला मिलेको र महायज्ञ सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो । आजसम्म नगद र वोल रकम सहित करिब ८ लाख रुपैया संकलन भएको कडेँलले जानकारी दिनुभयो । कांग्रेस चोकदेखी उत्तरपट्टि रहेको मन्दिर परिसरमा जारी श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ मंसिर ८ गतेसम्म चल्ने छ । महायज्ञ मूल समारोह समितिका संयोजक घनश्याम कंडेलले महायज्ञमा उपस्थित भई तन, मन र धनले सहयोग गर्न सवैमा आग्रह गर्नुभएको छ ।

वैदिक सनातन हिन्दु धर्म र संस्कृतिको पालना र जगेर्ना गर्दै सत्स∙ भवन निर्माण, वृद्धाश्रम निर्माण, मन्दिर परिसरमा रहेको जग्गा खरीद र मन्दिर विस्तार, कम्पाउण्डवाल निर्माण, गौमाताको रक्षा लगायतका कार्यका लागि महायज्ञ गरिएको सचिव बासुदेव आचार्यले जानकारी दिनुभयो । महायज्ञमा पण्डित दीपक सापकोटा र पण्डित माधवप्रसाद चालिसेले कथा वाचन गरिरहनुभएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ८ र ४ को सिमानामा रहेको मन्दिर स्थानीय धर्मावलम्बीको सक्रियतामा २०७२ सालदेखी स्थापना गरि पुजाआजा शुरु भएको थियो ।

Share.

Leave A Reply