लागु औषध सहित गैडाकोट १५ का दुई जना पक्राउ

0

डोलराज रानाभाट, गैडाकोट,२ मंसिर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्ब) ले लागु औषध सहित गैडाकोटका दुई जनालाई पक्राउ गरेको छ । गएराति पूर्ब पश्चिम राजमार्गमा बुटवलबाट नारायणघाट तर्फ आउदै गरेको ना.५ ख. ७६३३ नम्बरको बस चेकजाँचको क्रममा वसमा यात्रा गरिरहेका दुई जनालाई पक्राउ गरेको सुचना अधिकृत प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा गैडाकोट नगरपालिका वडानम्वर १५ का २७ वर्षिय सुरज शर्मा र सोही ठाउँका २६ वर्षिय डिल्ली राम महत्तो रहेका छन् । उनीहरुलाई आज सार्वजनिक गरिएको छ । उनीहरुको साथबाट डाईजोपाम, नुफिन, फनार्गन गरि कुल ७५० एम्पुल लागुऔषध फेला परेको छ । उनीहरुमाथि आज म्याथ थप गरि अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिनुभयो  ।

Share.

Leave A Reply